नमोबुद्धमा एमाले उम्मेदवार भुर्तेलको प्रतिवद्धता : पाँच वर्षभित्र दीगो विकास लक्ष्यका सबै सुचक पुरा गर्छौं


मेचीकाली

भकुण्डेबेशी -नेकपा एमालेका तर्फबाट नमोवुद्ध नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेलले पाँच वर्षभित्र दीगो विकास लक्ष्यका सबै सुचक पुरा गर्ने बताएका छन् । 

स्थानीय तह निर्वाचनको लागि प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै भुर्तेलले स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक अवस्था, वातावरण र गरिबी निवारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पुरा गरिएको नगरपालिका घोषणा गर्ने बताएका छन् । उनले नगरको केन्द्रदेखी सबै वडा केन्द्रसम्म जोड्ने सडक कालेपत्रे गर्ने, सबै वडालाई जोड्नेगरी नमोवुद्ध चक्रपथ निर्माण गर्ने तथा भकुण्डेबेशी उपत्यका चक्रपथ निर्माण गर्ने पनि बताएका छन् । ग्रामिण सडकलाई प्रत्येक टोल बस्तीसम्म विस्तार गरि बाह्रै महिना यातायात सञ्चालन हुन सक्ने स्थितीमा स्तरोन्नती गर्ने उनले बताए । 

नागरिकहरुको स्वच्छ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न सम्पुर्ण वस्तीमा एक घर एक धारा कार्यक्रम लागु गर्ने, खानेपानीका लाग्ने विद्युतीय महसुलमा अनुदानको व्यवस्था मिलाउने, खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगरपालिका घोषणा गर्ने समेत प्रतिवद्धता पत्रमा उल्लेख छ । रोजगारीको पहुँचको लागि नगरस्तरमा रोजगार बैंक स्थापना गरिने नगर प्रम्ख पदका उम्मेदवार भुर्तेलले बताएका छन् । निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, जनप्रतिनिधिबाट सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्ने जस्ता महत्वपुर्ण कार्यक्रम समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै उप–प्रमुख पदका उम्मेदवार सम्झना लामाले हरेक क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिा सुनिश्चित गर्ने बताइन् । नगरलाई छुवाछुत मुक्त नगर घोषणा गरी सबै खालको विभेद अन्त्य गर्ने उनको भनाई छ ।   


प्रतिक्रिया



थप समाचारहरु