धुलिखेल आएर के भने केपी ओलीले ?


मेचीकाली

धुलिखेल– नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशन आजदेखि जिल्ला सदरमुकाम धुलिखेलमा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । 

अधिवेशन उद्घाटन समारोहलाई संवोधन गर्दै ओलीले नेकपा एमालेले देश बनाउनका लागि ‘मिसन ८४’ अघि सारेको बताए । अध्यक्ष ओलीले नेकपा एमालेले अघि सारेको मिसन ८४ र अन्य दलले भन्ने गरेको मिसन ८४ मा  धेरै फरक रहेको दावी गरे । ‘नेकपा एमालेले मिसन ८४ भनेपछि अन्य केहि दलले पनि मिसन ८४ भने, एमालेले अघि सारेको मिसन ८४ र अरु दलले अघि सारेको मिसन ८४ मा धेरै फरक छ, अरु दलको मिसन ८४ देश बनाउन व्यवधान पु¥याउने हुन सक्छ भने एमालेको मिसन ८४ भनेको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गरेर देशलाई प्रगतिको बाटोमा, सुशासनको बाटोमा अघि बढाउने हो’ अध्यक्ष ओलीले बताए ।

ओलीले नेकपा एमालेको काँधमा देशका समस्या पहिचान गर्ने, ती समस्याको समाधान गर्ने, समाधान गर्ने बाटोमा अनेक प्रकारका व्यवधान आउन सक्छन् ती व्यवधानलाई पराजित गर्ने र जनताको विजय हाँसिल गराउने, देशको विजय हाँसिल गराउने असाधारण जिम्मेवारी एमालेको काँधमा रहेको बताए । एमाले पार्टी गुटबन्दी गर्ने, पद बाँड्ने पार्टीभित्रै अन्र्तसङ्घर्ष गर्ने पार्टी नभएको बताउँदै सहमतिमा नयाँ जिल्ला नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सहमतिमा नेतृत्व चयन नभएको खण्डमा प्यानल खडा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले निर्देशन दिए । कार्यक्रममा एमाले बागमती प्रदेश इन्चार्ज गुरु बराल, एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, जिल्ला इन्चार्ज कृष्ण राई, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, एमालेको कार्यदिशाको बारेमा आफ्नो भनाई राख्नुभएको राखेका थिए ।

आज उद्घाटन सत्र सकिएपछि भोलीदेखि वन्द सत्र सुरु हुनेछ । एमालेको अधिवेशनले नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा ६ सय ९२ जना प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया



थप समाचारहरु