आज धुलिखेलमा ‘मानवसागर’ उर्लिँदै


मेचीकाली

धुलिखेल–नेकपा एमाले काभ्रेले आज धुलिखेलमा आफ्नो शक्ति प्रदर्शन गर्दैछ । एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा एमाले काभ्रेले ३० हजार भन्दा बढीको संख्यामा जनतालाई धुलिखेल रंगशालामा उतारेर आफ्नो शक्ति प्रदर्शन गर्दैछ ।

एमालेको दशौं जिल्ला सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । एमालेले काभ्रेमा अहिलेसम्मकै ठूलो प्रदर्शन र सभा गर्ने बताएको छ । कार्यक्रमका लागि दुई साता भन्दा बढी समयदेखि तयारी गरेको एमाले काभ्रेले अधिवेशन उद्घाटनको सबै तयारी पुरा भइसकेको बताएको छ । पहिलोपटक हाइटेक शैलीमा गर्न लागिएको अधिवेशनको व्यवस्थापनका लागि पाँच सय भन्दा  बढी स्वयंसेवक परिचालन हुनेछन् । जिल्लाका विभिन्न पालिकाबाट एमाले अधिवेशनमा एमाले कार्यकर्ता र सर्वसाधारण आउने क्रम सुरु भएको छ । विभिन्न पालिकाहरुले धुलिखेलका फरक फरक चोकबाट जुलुससहित सभास्थलमा जाने तयारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो २ बजे सभालाई संवोधा गर्ने कार्यक्रम तय भएको छ । 

एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुका अनुसार आज उद्घाटन सभापछि भोली बिहानदेखि वन्द सत्र सुरु हुनेछ । धुलिखेल नगरपालिकाको नवनिर्मित सभाहलमा अधिवेशनको वन्दसत्र हुनेछ । भोली नै नयाँ नेतृत्व चयनको प्रक्रियासमेत सुरु हुने व्याञ्जुले बताए । काभ्रेमै पहिलोपटक एमालेले विद्युतीय मेसिनबाट मतदानसमेत गराउँदैछ । यद्यपि नयाँ नेतृत्व चयनका लागि सकेसम्म सर्वसम्मतिको प्रयास हुने नेताहरुले बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु