नेकपा एमाले महाभारत-काठमाडौ सम्पर्क मञ्च गठन


मेचीकाली

काठमाडौं-नेकपा एमाले महाभारत-काठमाडौ सम्पर्क मञ्चको गठन भएको छ ।

काठमाडौंमा भएको भेलाले खिल कुमार लामाको अध्यक्षतामा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बिज्ञान थापा मगर, सचिव प्रशन्न तामाङ,  उप-सचिव सुदिप तुम्सिङ र बज्र बहादुर मोक्तान, कोषाध्यक्ष नैन कुमार लामा सहित २० सदस्यिय समिति बनेको हो ।

महाभारत गाँउ पालिकाका स्थायी बासि बिभिन्न पेशा ब्यवसाय गरेर बस्ने नेकपा एमाले समर्थितहरुको भेलाले समिति गठन गरेको हो । नेकपा एमालेका  केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै लामाले हरेक ब्यक्तिको एमाले प्रतिको आकर्षणले सबै पार्टि अत्तालिएको छ् । एमाले रास्ट्रबादि पार्टि हो त्यतैले यस्मा आकर्षण बढ्नु सामान्य हो, सबै न्यायप्रेमिलाई नेकपा एमालेमा समाहित भएर स्थानिय निर्वाचनमा केन्द्रीत हुन आग्रह गर्नु भयो । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नबिना लामा लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रम नेकपा एमाले महाभारत गाउ पालिका पार्टि कमिटि अध्यक्ष जगत मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु