पनौतीमा सडकबाट भीरमा खस्यो स्कुटर, एकजनाको मृत्यु


मेचीकाली

पनौती–काभ्रेको पनौती नगरपालिका वडा नं. १ मा स्कुटर दर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

आज मध्यान्ह १२ बजे पनौती– १ बुढापोखरीबाट पर्खालचौर तर्फ जादै गरेको बा ४१ प २५३२ नं. को स्कुटर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५÷२० फिट तल खसेको थियो । स्कुटर खस्दा पनौती नगरपालिका १ बुढापोखरीका ४१ वर्षीय मंगल बहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सोही स्कुटरमा सवार सोही स्थानका बर्ष ३० को कुमार श्रेष्ठ घाईते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका कुमारलाई उपचारको लागि शिरमेमोरियल अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु