बेथानचोक दुर्घटना : एकै परिवारका आठ जनाको सामूहिक अन्त्येष्टि (भिडियो)


मेचीकाली

धुलिखेल–मंसिर २७ गते बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये एकै परिवारका ८ सदस्यको आज अन्त्येष्टी हुँदैछ ।

पीडितका आफन्त बैदेशिक रोजगारका क्रममा मलेसिया र जापानबाट विहिबार राति नेपाल फर्किएसँगै आज दिँउसो शव बुझेर लगेका छन् । उनीहरुको आजै राती अन्त्येष्टि हुनेछ । १७ जना मृत्यु भएका मध्ये कुमार तामाङको परिवारका ८ सदस्यको आज शब बुझिएको छोराहरुले बुझेका छन् ।

कुमारको साईलो छोरा जयराम मलेसिया र कान्छो छोरा अम्मर जापानबाट विहिबार राति फर्किएका थिए ।  

काभ्रे पुण्यवती यातायात प्रालीले बस रिजर्भमा गएको भए पनि समितिमा आवद्ध भएकाले मृतकहरुको किरियाका लागि नगद ५० हजारका दरले उपलब्ध गराएको छ भने क्षतिपुर्ति स्वरुप ५ लाख दिने भएको छ । घाईतेहरुको निशुल्क उपचारको ब्यवस्था गर्ने बताएको छ । १७ मृत्यु भएको घटनामा २२ जना घाईते भएका थिए । घाईते मध्ये ५ जनाको डिस्चार्ज भईसकेको छ भने ६ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकीको बनेपाको शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भईरहेका छ । 

मंगलबार मसिंर २७ गते बनेपा ११ सल्लेबाट बेथान्चोक ५ च्याल्टी भान्जाको छेवारका लागि रिर्जभ गएको वा ३ ख ४३८५ नम्वरको बस साँझ फर्कने क्रममा दुर्घटनामा परेको थियो । 



प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व