भुम्लुका दुई वडाबासी लालपूर्जाबिहीन, अधिकारसहितको टोली खटाउन सुझाव


मेचीकाली

काभ्रे–काभ्रेको भुम्लु गाउँपालिकाका दुईवटा वडाका नागरिक लामो समयदेखि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)का लागि संघर्षमा छन् । उनीहरुलाई लालपूर्जा दिनका लागि लामो समयदेखि पहल र प्रयास पनि भएका छन् । तर अहिलेसम्म लालपूर्जा नपाएका उनीहरुलाई लालपूर्जा उपलव्ध गराउनका लागिविशेष अधिकारसहितको कानुनी व्यवस्था गरी अधिकारसहितको टोली खटाउन सुझाव दिइएको छ । भुम्लु गाउँपालिका– ७ र ८ का नागरिकले लालपूर्जा पाउन सकेका छैनन् ।

दुई वडाको जग्गा दर्ता तथा श्रेस्ता लागु गर्नका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा विभिन्न कारणले गर्दा हालको अवस्थामा लालपुर्जा तयार गर्न नसकिने देखाएको छ । 

प्रतिवेदनमा वि.सं. २०३२÷०३३ को नापी अनुसारको नक्सा र हालको जमिनको वास्तविक अवस्था फरक भएकोले तत् समयमा नाप, नक्सा भएको फिल्डको व्यहोरा, जमिनमा परिवर्तन भएको अवस्थालाई मनन गरी आवश्यक परेको खण्डमा विशेष अधिकारसहितको कानुनी व्यवस्था र अधिकार सम्पन्न टोली खटाउनुपर्ने राय दिइएको छ । कार्यदलले साविकको पिपलटार गाविस हाल वडा नम्बर ७ र वडा नम्बर ८ कायम भएको र तत्कालिन पिपलटार अन्र्तगत कै फलाँटे र भुम्लुको सिमाना विवाद समाधान भैसकेको भन्ने सुनिन आएकोले सिमाना एकिन गरी स्थानीय तहले पत्राचार गर्नुपर्ने सुझाव दिएको प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीले बताए ।

कार्यदलले बुझाएको प्रतिवेदनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उप–सचिव अनिल मरासिनीको संयोजकत्वमा २१०७५ सालमा गठित कार्य टोलीले पेश गरेको प्रतिवेदनलाई मन्त्रालयबाट नापी विभागहुँदै नापी कार्यालयमा पठाई सो सहित थप निर्देशन आवश्यक रहेको देखाएको छ । प्रतिवेदनमा प्राविधिकले विश्वस्त भई काम गर्नका लागि साविक पिपरटार गाविसको पुरै क्षेत्रमा भोगचलन र साविकको नक्सा भिडाउन र कित्ता भित्रका अलग अलग भोगचलन अनुसार कित्ताफोड गरी अद्यावधिक गर्न नाप नक्सा भएका अधिकाँश कित्ताका सिमानाहरु जमिनमा अस्पष्ट भै फिल्डको काममा हुने अन्यौलतालाई अन्त्य गर्न, जमिनामा रहेको भौतिक संरचना घर, बाटो, सडकल तथा आवश्यक परेमा कित्ताहरुको समेत नाप, नक्सा गर्नुपर्ने उल्लेख छ । कार्यदलले नापी कार्यालयमा रहेको मौजुदा कर्मचारी बाहेक नापी अधिकृत (टोली प्रमुख) दुई जना, सर्भेक्षक÷अमिन गरी १२ जना कर्मचारी फिल्ड कार्यमा आवश्यक पर्ने तथा सोही अनुसार आवश्यक पर्ने जंजिरदार तथा सर्भे उपकरणहरुको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रतिवेदनमा हाल उक्त दुवै वडा हुँदै पुष्पलाल (मध्यपहाडी) राजमार्गलगायतका थुप्रै स्थानीय सडक सञ्जाल निर्माण भएकोले सो को नाप नक्सा गरी अद्यावधिक गर्न आवश्यक भएकोले सो कार्यका लागि गाउँपालिकाको परिषद् निर्णय र नापी विभागबाट आवश्यक निमन्त्रण बिन्दु स्थापनाका साथै निर्देशन, जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्ने उल्लेख छ ।  दुई वडाको दुई वडाको जग्गा दर्ता तथा श्रेस्ता लागु गर्नका लागि नापी कार्यालयले माघ २ गते नापी अधिकृत जयराम तामाङको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरी २१ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदलले माघ २९ गते आफ्नो रायसहितको प्रतिवेदन बुझाएको थियो । 

साविकको पिपलटार गाविस हुँदा देखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् । वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । २०३५ सालमा पनि सिमानाको विषयलाई लिएर दुई गाविसबीच झगडा भएको थियो ।  सोही विवादका कारण हालसम्म भुम्लु गाउँपालिका ७ र ८ का नागरिकले लालपुर्जा पाउन सकेका छैनन् । 



प्रतिक्रिया



थप समाचारहरु