‘जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)’ सार्वजनिक


मेचीकाली

बनेपा– काभ्रे जिल्लाका प्रतिष्ठित सामाजिक व्यक्तित्व, जनपक्षीय प्रधानपञ्च, शैक्षिक एवं वातावरणीय क्षेत्रका अभियन्ता शशिधर तिमल्सिनाको स्मृति ग्रन्थ शनिबार बनेपामा सार्वजनिक गरिएको छ । शशिधर जनताका साथी (शशिधर तिमल्सिना स्मृतिग्रन्थ) नाम दिइएको उक्त ग्रन्थलाई एक कार्यक्रमका बीच राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशव वडाल र शिक्षासेवी रामप्रसाद तिमल्सिनाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । 

बनेपामा रहेको शब्दयात्रा प्रकाशनले आफ्नो १ सय ६५ औँ प्रकाशनपुष्पका रूपमा उक्त स्मृतिग्रन्थ प्रकाशन गरेको हो । पुस्तकको सम्पादन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गरेका छन् । 

कार्यक्रममा ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थमा शशिधर तिमिल्सिनाका बारेमा केशव बडाल, शिवबहादुर देउजा, रामहरि सुवेदी र टी.पी शर्मा तिमल्सिना साथमा ऋषि ‘निर्दोष’, कमलप्रसाद तिमिल्सिना, कृष्णप्रसाद खनाल, खड्ग खरेल, गङ्गा लुइइटेल, चन्द्रमणि तिमिल्सिना, नवराज तिमिल्सिना, नारायणप्रसाद तिमिल्सिना, भवानीशङ्कर तिमिल्सिना, शालिग्राम तिमिल्सिना, बद्री तिमिल्सिना, बद्रीप्रसाद ढुङ्गाना, भैरव केसी, यादव हुमागाई, रामकृष्ण तिमिल्सिना, विजयराज पौड्याल, विमला शर्मा अधिकारी र शम्भुप्रसाद तिमिल्सिनाका लेख, संस्मरण र कविताहरू सङ्कलित छन् । तीबाहेक शशिधर तिमिल्सिनाको पारिवारिक विवरण, शशिधर तिमिल्सिनासम्बन्धी पूर्वप्रकाशन, कागजात र तस्बिरहरू राखिएका छन् ।

कार्यक्रममा स्मृतिग्रन्थ र शशिधर तिमिल्सिनाका विषयमा केशव बडाल, शिवबहादुर देउजा, प्रेमबहादुर तिमिल्सिना, विजयराज पौड्याल र बद्री तिमिल्सिनाले मन्तव्य व्यक्त गरेका थिए ।  समारोहको टिप्पणीसहित विसर्जन नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमिल्सिनाले गरेका थिइए ।  समारोहको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले, सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरी र शिक्षासेवी बद्री तिमिल्सिनाले गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व