सुनकोशीमाथिको चेहेरे पुल : ५ वर्षसम्म निर्माण अलपत्र


मेचीकाली

काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको विभिन्न वडा तथा वस्तीमा सडकको पहुँच पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने सुनकोशी नदिस्थित चेहेरमा निर्माणाधिन पक्की पुलको काम अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले समयमा नै काम नगर्दा भुम्लु गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको हो । 

भुम्लु गाउँपालिका अन्र्र्तगतको सापिङ र सिन्धुपाल्चोकको चेहेरेलाई सडकसँग जोड्नका लागि सुनकोशी नदिमा मोटरेवल पक्की पुल निर्माण सुरु गरिएको थियो । पुल निर्माणको लागि सडक विभाग र अमर कन्स्ट्रक्शन प्रालिबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण व्यवसायी कम्पनीले विभिन्न वहान देखाउँदै काम गर्न आलटाल गरेका कारण पाँच वर्षसम्म पुल निर्माणको काम अलपत्र परेको हो । पुल सेक्टर काठमाडौँका ई. निरोज महर्जनले पुल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले विभिन्न वहाना देखाउँदै काम गर्न अटेर गरेको बताउनुभयो । उहाँले कार्यालयले पुल निर्माणको लागि ताकेता गर्न सम्पर्क गर्न खोज्दा समेत निर्माण व्यवसायी सम्पर्कमा नआएको बताउनुभयो । “उहाँहरुले सम्झौताको समयसिमाभित्र काम नगरेपछि एकै पटक २३ महिना २५ दिनको म्याद थप गरिएको थियो तर निर्माण व्यवसायी कम्पनीले थपिएको समयमा पनि काम गरेन” ई. महर्जनले भन्नुभयो । उहाँले पुल निर्माणका लागि थपिएको म्याद जेठ ९ गते सकिने बताउनुभयो । निर्माण कम्पनीलाई पछिल्लो पटक २०८१ बैशाख २० गते विभागिय निर्णय अनुसार म्याद थप गरिएको कार्यालयले जनाएको छ । 

निर्माण व्यवसायी कम्पनीले हालसम्म तीन वटा पिल्लर उठाउनुको साथै काभ्रेपलाञ्चोकतर्फको क्षेत्रमा एउटा स्पान मात्रै तयार गरेको ई. महर्जनले बताउनुभयो । उहाँले निर्माण व्यवसायी कम्पनीलाई मौखिक र लिखित रुपमा काम अघि बढाउन निर्देशन दिइएपनि अटेर गरेको बताउनुभयो । कार्यालयले निर्माण व्यवसायीलाई पुल निर्माणको साथै बाढीबाट पुल जोगाउनका लागि नदि तटबन्धनको काम गर्न निर्देशन दिइएपनि अटेर गरेको कार्यालयले जनाएको छ । निर्माण व्यवसायीसँग उक्त पुल निर्माणका लागि भ्याटसहित ११ करोड सात लाख ४२ हजार दुई सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । भुम्लु गाउँपालिका–१ सापिङका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठले सुनकोशी नदिमा निर्माणाधिन पुलको काम अलपत्र पर्दा नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो । उहाँले पुल नबनेका कारण नागरिकहरुले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “यो पुल निर्माण भएको भए सापिङलगायतको स्थानमा जानको लागि चार किलोमिटर सडक हिँडे पुग्थ्यो, पुल नबनेका कारण अहिले दोलालघाटहुँदै टार भएर १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने अवस्था छ” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले निर्माण व्यवसायी कम्पनीले गत वर्षदेखि नै काम नगरेका कारण पुल वेवारिसे अवस्थामा रहेको बताउनुभयो । 

उहाँले पुल निर्माणको लागि ताकेता गर्नका लागि काममा खटिएको सुपरभाइजरलाई निर्माण व्यवसायीको नम्बर माग्दा के समस्या भयो म समाधान गर्छु भनेर टार्दै आएको गुनासो गर्नुभयो । वडा अध्यक्ष श्रेष्ठले उक्त पुल निर्माण नहुँदा सापिङ, रिठ्ठे, सिम्थली, बेखसिम्ले, चौबास क्षेत्रमा जानका लागि १५ किलोमिटर भन्दा बढी सडकमा यात्रा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको कम्पनीले सुरुमा नै काम गर्न आलटाल गरेको र पछि काम गर्ने क्रममा सुनकोशी नदिमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले दहतरबहतर अन्र्तगत ठेक्का लगाएपछि निर्माण व्यवसायीले त्यही निर्माण सामाग्री प्रयोग गरेपछि निर्माण सामाग्री उत्खननको ठेक्का पाएको कम्पनीले  निर्माण सामाग्री उत्खनन गर्न नदिएपछि काममा ढिलाई भएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

केयुबाट ११२९ जना दीक्षित हुँदै