काँग्रेस महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाईते कायस्थलाई


मेचीकाली

बनेपा– नेपाली काँग्रेका महामन्त्री विश्वप्रकाश शर्माले २०६२÷०६३ को जनआन्दोलनका घाईते बनेपाका मुकेश कायस्थलाई भेटेका छन् । शुक्रबार मध्यान्ह करिब एक बजे बनेपा आएका महामन्त्री शर्माले मुकेशका आमा मिरा र बुबा कृष्णप्रसाद कायस्थसँग मुकेशको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका  थिए । मुकेशलाई भेट्दै महामन्त्री शर्माले जनआन्दोलनको घाईतेको प्रतिनिधि पात्रको रुपमा रहेको बताउँदै महामन्त्री हुँदा आफुलाई लगाएको माला र खादा मुकेशलाई सम्मानका साथ ओढाएका थिए । 

उहाँले जनआन्दोलनका घाईते र शहिदहरुलाई हेरेर आफुहरुले राम्रो काम गर्ने प्रतिवद्धता जनाए । मुकेशकी आमा मिराले जनआन्दोलनमा घाईते भएका मुकेश बोल्न, खान समेत नसक्ने अवस्थामा रहेकोले आफ्नो छोराजस्ता आन्दोलनका घाईते र शहिदलाई सम्झेर नेताहरुले राम्रो काम गरेको हेर्न मन भएको बताईन् । मुकेशकी आमा मिराले मुकेशको उपचारको लागि सरकारले धेरै गरेको स्मरण गर्दै नेपालमा शान्ति, सुव्यवस्था भएको हेर्नको लागि मुकेश अर्धचेत अवस्थामा रहेको बताइन् । म्ुकेशका आफन्तले मुकेश प्रतिष्ठान निर्माणको लागि जग्गा आवश्यक परेको भन्दै बनेपामा जग्गा उपलब्ध भएको खण्डमा प्रतिष्ठानको भवन निर्माण गरी मुकेश जस्तै थुप्रै घाईतेको आश्रय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताएका थिए । 

महामन्त्री शर्माले मुकेशको स्वास्थ्य सहजताका लागि आफुले सकेको पहल गर्ने प्रतिवद्धता जनाए । जनआन्दोलनका घाईते मुकेशलाई भेट्नका लागि नेपालका राजनीतिक दलहका शिर्ष नेता तथा मन्त्रीहरु विभिन्न समयमा मुकेशको घरमा आएका छन् । २०४८ भदौ ९ गते बनेपा–२ मा जन्मिएका मुकेश जनआन्दोलन २०६२÷०६३ को चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीको गोली लागि घाईते भएका थिए । सरकारले मुकेशको उपचार खर्च व्यहोर्नुको साथै मासिक १५ हजार भत्ता, सुसारेका लागि मासिक ६ हजार दुई सय भक्ता र एक जना नर्स नियमित रुपमा उपलब्ध गराउँदै आएको छ । 


प्रतिक्रिया



थप समाचारहरु