१२ बर्षे मकर मेला स्थगित, २५ जना भन्दा कमले मात्रै स्नान गर्न पाउने


मेचीकाली

धुलिखेल–काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रत्येक १२ बर्षमा लाग्ने मकर मेला यसपटक नहुने भएको छ ।  देशभर कोभिड १९ को संक्रमण बढ्दै गएसँगै मकर मेलालाई पनि त्यसले असर परेको हो । 

आज बसेको जिल्लास्तरयि कोभिड व्यवस्थापन समिति डिसिएमसीको बैठकले मकर मेला आयोजना नगर्ने निर्णय गरेको हो । यद्यपि सुरक्षा मापदण्ड अपनाएर २५ जना भन्दा कम उपस्थित भएर स्नान भने गर्न पाइनेछ । मकर मेलाका लागि पनौती नगरपालिकाले महिनौंदेखि तयारी गरेको थियो । मेला सुरु हुनु तीन दिन अगाडि भएको निर्णयपछि तयारी सबै निरर्थक भएको छ । मकर मेलाका लागि करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ । 

डिसिएमसीको बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य चाहिने निर्णय पनि गरेको छ । 



प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व