कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वित


मेचीकाली

कुशादेवी-कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिनु भएको छ । 

लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारी संस्था लि.को संयुक्त आयोजना भएको सो कार्यक्रममा कुशादेवी हेल्थ केयरको प्राविधिक सहयोग गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पनौती नगरपालिकाकी उप प्रमुख गिता बञ्जाराले नागरिकको स्वास्थ्यमा नगरपालिकाले विभिन्न शीर्षकमा लगानी गर्दै आएको र विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै सेवा प्रदान गरेको बताउनु भयो । स्वस्थ रहन पाउनु नागरिकको अधिकार भएको भन्दै उहाँले लायन्स क्लब  अफ काठमाण्डौं प्रोस्पेरिटीले शिविर सञ्चालनका लागि पनौती नगरपालिका नै रोज्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि निर्वाचित द्वितीय भाइस डिस्टिङक गर्भनर पार्वती खरेल पाण्डेले लायन्सको उद्देश्य नै सेवा भएकोले आफूहरु सेवाका लागि सदैव तत्पर रहेको बताउनु भयो । आफू जन्मे हुर्केमो भूमिमा आएर सेवा प्रदान गर्नु खुशीको विषय भन्दै उहाँले लायन्स क्लब  अफ काठमाण्डौं प्रोस्पेरिटीले गरेको कामहरुको प्रशंसासमेत गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पनौती नगरपालिकाका पूर्व प्रमुख भीम न्यौपाने, शिक्षासेवी रामप्रसाद अधिकारी लायन्स क्लबका पढाऔ अभियानका डिष्ट्रिक्ट कोअर्डिनेटर विष्णु भण्डारी, लायन्स क्लबका रिजन चेयरपर्सन प्रल्हाद शर्मा हुमागाई, रेडक्रस सोसाइटी कुशादेवी उपशाखाका सभापति टंक प्रसाद हुमार्गाइ, हिमाल बहुउद्देश्यीस सहकारीका अध्यक्ष दिपक न्यौपाने, कुशादेवी मा.वि.का प्र.अ. श्याम भुजु, कुशादेवी युवा क्लबका अध्यक्ष दिपेश घिमिरे, विहावर आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव बोलखे, पनौती न.पा. वडा नं. ३ का हेल्थपोष्ट इञ्चार्ज प्रभुनारायण शाह लगायत हुनुहुन्थ्यो । कार्यक्रममा जनरल मेडिसिन, दन्त परीक्षण, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाड जोर्नी तथा नशा , नाक, कान, घाँटी, आँखा रोग, इ.सि.जी    भिडियो एक्सरे,  ल्याब टेष्ट–पिसाब, युरिक एसिड, सुगर एच बीर युरिया लगायतका विधामा विशेषज्ञहरुले सेवा प्रदान गर्नु भएको नेपाल मेडिकल कलेज काठमाण्डौंका जनसम्पर्क अधिकृत बिनोद घिमिरेले जानकारी दिनु भयो । 


सोही कार्यक्रममा प्रेम–कर्म छहारी फाउण्डेशनका तर्फबाट लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीले सिओपीडीका बिरामीलाई निःशुल्क ५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ । सो सोलिण्डर कुशादेवी हेल्थ केयरमा राखिने र सिओपीडीका बिरामीलाई आवश्यक पर्दा निःशुल्क पठाइने र बिरामीको स्वास्थ्य लाभ लिएपछि पुनः कुशादेवी हेल्थ केयरमा फिर्ता गर्नेगरी ती अक्सिजन सिलिण्डर उपलब्ध गराईको फाउण्डेशनका उपाध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । आफ्नी आमामा पनि सिओपीडीको समस्या रहेको र आमालाई जस्तै अरुलाई पनि समस्या नहोस भनी समुदाय मै निःशुल्क सिलिण्डर उपलब्ध गराउन रामशरण न्यौपाने, नवराज न्यौपाने, निर्मला न्यौपानेले ती सिलिण्डर खरिद गरी आमा बुबाको नाममा स्थापित प्रेम–कर्म छहारी फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको र भावी दिनहरुमा कुशादेवी क्षेत्रमा छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गरिने पनि फाउण्डेशनका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।


सो कार्यक्रममा लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीका सदस्यहरुद्वारा संकलित ८ सय थान पुस्तक स्थानीय विद्यालयहरुमा पुस्तकालय स्थापनाका लागि हस्तान्तरण गरिएको प्रोस्पेरिटीका अध्यक्ष रामशरण न्यौपानेले जानकारी दिनुभयो । स्थानीय विहाबर आधारभूत विद्यालयलाई ३ सय थान र कुशादेवी माध्यमिक विद्यालयलाई ५ सय थान पुस्तक उपलब्ध गराइएको र भावी दिनहरुमा पनि पुस्तक संकलन अभियान जारी रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग