पनौती-काभेको पनौती नगरपालिका वढा नं. १२ मा रहेको ढुंगाखानीमा पुरिएर स्काभेटर चालकको ज्यान गएको छ । आज सा“झ ५ः३० बजेको समयमा पनौती नगरपालिका वडा नं १२ स्थित रोशीमा रुसी रोडा ढुंगा खानी उद्योगमा ढुंगा उत्खनन गर्ने क्रममा सुख्खा पहिरो गएको थियो ।
पहिरोमा पुरिएर स्काभेटर चालक काभ्रेको खानीखोला २ घर भई हाल पनौती ९ सुन्थानमा बस्दै आएका राम तिमल्सिनाको मृत्यु भएको हो । खानीमा ढुंगा उत्खननको लागि दुई वटा स्काभेटरको प्रयोग गरिएको थियो । खानीमा सुख्खा पहिरो खस्दा दुई वट स्काभेटर र एक वटा टिपर पुरिएको र दुई वटा स्काभेटरका चालकमध्ये एक जनाको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा दुई जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।