बेथानचोक दुर्घटनाको छानबीनका लागि समिति गठन


मेचीकाली

धुलिखेल–१७ जनाको मृत्यु र २२ जना घाईते हुने गरी भएको दुर्घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको संयोजकत्वमा प्रहरी र ट्राफिक प्रहरी सम्मिलित छानविन समिति गठन भएको छ । 

छानविन समिति गठन सँगै पीडितहरुले शव बुझेका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मानविय क्षति हुने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँचबुझ गर्न छानविन समिति गठन गरेको बताइन् । पीडित, ब्यवसायी, जनप्रतिनिधि सहभागि अनौपचारिक छलफलमा छानविन समिति गठन र क्षतिपुर्ति लगायतका विषयमा कुरा उठे पछि कानून अनुसार क्षतिपुर्ति उपलब्ध गराउने र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो । 

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी ढुण्डीराज न्यौपाने, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रेशम बोहोरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवाल रहेका छन । समितिले १० दिन भित्र बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनाको छानविन गर्नेछ । दुर्घटनाका बारेमा घाईतेहरुले फरक फरक धारणा सार्वजनिक गरिरहेका छन् । चालक तेजप्रसाद तिमल्सिनाको घटनास्थलमै निधन भएको छ । सह चालक सन्तोष चौलागाईले ब्रेक फेल भएका कारण दुर्घटना भएको बयान दिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु