विद्यासागरले जित्यो नेवाः नृत्य प्रतियोगिताको उपाधि


मेचीकाली

काभ्रे । काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिताको उपाधी बनेपाको विद्यासागर माध्यामिक विद्यालयले जितेको छ । 

नेवाः गुथि, साँस्कृतिक कवः ले पनौतीमा आयोजना गरेको कार्यक्रममा विद्यासागर स्कुल पहिलो भएको छ भने नमोवुद्ध आवासीय मावि धुलिखेलले दोस्रो स्थान हासिल गर्दा ग्रेस ल्याण्ड स्कुल साँगाले तेस्रो तथा सुर्योदय मावि पनौतीले सान्त्वना स्थान हासिल गरेको छ । 

भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सामुदायिक तथा नीजि गरि २५ वटा विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी थिए । प्रतियोगितामा सहभागि विद्यालयहरु मध्ये प्रथम हुनेले २१ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने दोश्रो हुनेलाई नगद ११ हजार, तेश्रोलाई ५ हजार ५ सय, सान्त्वना पुरस्कार २ हजार ७ सय ५० उपलब्ध गराईएको छ । 

सहभागि सबै विद्यालय र विद्यार्थीहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यसैबिच सोहि अवसरमा जनगायक भृगुराम श्रेष्ठलाई अभिनन्दन गरिएको छ ।  नेपाल भाषा, साहित्य, नेवाः गित रचना र गायन क्षेत्रमा निरन्तर योगदान पु¥याएका गायक, संगितकार, गितकार ९० बर्षिय भृगुराम श्रेष्ठलाई अभिनन्दन गरिएको हो । श्रेष्ठले नेपाल भाषाका धेरै लोकप्रिय गीतहरुमा स्वर तथा संगीत दिनुभएको छ । 

सोहि कार्यक्रममा सहभागीले पनौती नगरपालिकाका वडा नम्बर ७ सहितका वडालाई नेवा सास्कृतिक क्षेत्र घोषणा गर्न माग गरेका छन् । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, निर्वतमान प्रमुख भिम न्यौपाने, हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष जुजुमान श्रेष्ठ, महासचिव सुरेश सैंजु, कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ लगायतले पनौती नगरपालिका भित्र नेवारी संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय स्तरबाट विभिन्न कार्यक्रम आयोजना गरी प्रचार प्रसार गरिनु पर्ने बताएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व