सरस्वती माविका विद्यार्थीलाई सहयोग


मेचीकाली

बेथानचोक–बेथानचोक गाउँपालिका वडा नं. ४ मा रहेको सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । 

लायन्स क्लब इन्टरनशनल ३२५ एम डिस्ट्रिकअन्तर्गत लायन्स क्लब अफ काठमाडौं देउराली शुभारम्भको सहयोगमा उक्त विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाहरुलाई विद्यालय पोशाक (न्यानो कपडा) तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको हो । 

बेथानचोककी चेली भगवती तिमल्सिनाको संयोजनमा बालबालिकालाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले  समाजसेवी शम्भु तिमल्सिना लगायत कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । यस्तै कार्यक्रमलाई विशेष बनाउन सहयोग गर्ने लायन्स क्लब डिस्ट्रिक गभर्नर महेन्द्र पौडेल, प्रदेशसभा सदस्य सोना परियार, यमुना भण्डारी, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमवहादुर तिमल्सिना, पूर्व वडाअध्यक्ष लालवहादुर श्रेष्ठ लगायतलाई पनि उनले धन्यवाद दिएका छन् ।



प्रतिक्रिया



थप समाचारहरु