चोरी भएको स्कुटर केहीबेरमै ट्राफिकले नियन्त्रणमा लिएपछि......


मेचीकाली

बनेपा–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चोरीको स्कुटर नियन्त्रणमा लिई चोरीको सम्वन्धीत स्कुटर धनीलाई हस्तान्तरण गरेको छ । 

आज दिउँसो धुलिखेलको मिराबेल चोकबाट बा ३७ प ८५६० नंवरको स्कुटर हराएको थियो । स्कुटार चोर्ने व्यक्ति हेलमेटसमेत नलगाई स्कुटर लिएर भागेका थिए । हेलमेट नलगाई स्कुटर चलाएको पाइएपछि ट्राफिक प्रहरीले बनेपामा ती व्यक्तिलाई रोकेको थियो । ट्राफिकले रोकेपछि स्कुटर चोर्ने व्यक्ति स्कुटर बाटैमा छाडेर भागेका थिए । 

ट्राफिकले उक्त स्कुटरलाई आफ्नो कार्यालयमा लगेर राखेकोमा उक्त स्कुटर धनी मण्डनदेउपुर नगरपालिका ९ की जानकी वानियाँको भएको पुष्टि भएसँगै वानियालाई हस्तान्तरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी निरिक्षक सुरेश थापाले जानकारी दिए । 

स्कुटर चोर्ने व्यक्तिको खोजी सुरु गरिएको उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु