बिरामीको सहारा : भोमी सहारा कार्ड


मेचीकाली

बनेपा– एक बर्षदेखि बनेपामा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको भोमी अस्पतालले बिरामीहरुको सुविधाका लागि ‘भोमी सहारा कार्ड’ ल्याएको छ । 

विशेषगरी कमजोर आर्थिक अवस्था भएका बिरामीहरुलाई लक्षित गर्दै भोमी सहारा कार्डको अवधारणा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए । भोमी सहारा कार्ड लिएपछि बिरामीले स्वास्थ्य परिक्षणदेखि औषधी र सबैखाले उपचारमा विशेष छुट र अन्य सुविधा पाउनेछन् ।

भोमी सहारा कार्ड लिन पहिलो बर्ष ५ हजार रुपैयाँ तिर्नुपर्छ भने दोस्रो बर्षदेखि ५ सय रुपैयाँ बार्षिक तिरे पुग्छ । 

के के पाइन्छ सुविधा ?

अस्पतालका प्रबन्ध निर्देशक कायस्थका अनुसार जोसुकैले पनि ५ हजार रुपैयाँ तिरेर भोमी सहारा कार्ड बनाउन सक्नेछन् । कार्ड बनाएपछि सबैभन्दा पहिला अस्पतालले कार्ड लिने व्यक्तिको ‘होल बडी चेकअप’ गर्नेछ । यसका लागि थप कुनै शुल्क तिर्नुनपर्ने कायस्थले बताए । अहिले भोमी अस्पतालमा ‘होल बडी चेकअप’ को ६ हजार ७ सय रुपैयाँ तिर्नुपर्छ । ‘तर, भोमी सहारा कार्ड बनाइसकेपछि थप कुनै शुल्क बिना हामी सम्वन्धीच व्यक्तिको होल बडी चेकअप गर्नेछौं र यसको पूर्ण विवरण हाम्रो सिस्टममा बस्नेछ’ कायस्थ भन्छन्, ‘बिरामीको मेडिकल हिष्ट्री हामीसँग रहनेछ, जसका कारण पछि अन्य स्वास्थ्य परिक्षण र उपचारमा त्यसले सहयोग गर्नेछ ।’ 

कोभिड संक्रमणको दोस्रो लहर बढ्न थालेसँगै सञ्चालनमा आएको भोमी अस्पतालले लामो समयसम्म कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचार गरेर प्रशंसा कमाइसकेको छ । जिल्लामा रहेका अन्य ठूला अस्पतालमा उपचार हुन नसकेका बिरामीहरुसमेत भोमी अस्पतालप्रति आकर्षित बन्दै गइरहेका छन् । ‘

कायस्थका अनुसार सहारा कार्ड लिएपछि कुनै स्वास्थ्य समस्या आए घरमै डाक्टरसहितका स्वास्थ्यकर्मी गएर परिक्षण गर्ने सुविधा प्राप्त हुनेछ । यस्तै अन्य अस्पतालबाट रेफर भएर आउँदा या भोमी अस्पतालमै परिक्षण र उपचार गराउँदा सबै सेवामा २० प्रतिशत छुट एक बर्षसम्म पाइनेछ । ‘कुनै बिरामीको औषधी उपचारमा १ लाख रुपैयाँ खर्च भयो भने उसले ८० हजार मात्रै तिरे पुग्छ’ भोमी सहारा कार्डको फाइदाबारे जानकारी दिँदै कायस्थ भन्छन्, ‘यो छुटमा कुनै सीमा छैन, उपचार खर्च जति लागे पनि त्यसमा २० प्रतिशत छुट आनिवार्यरुपमा हुनेछ ।’ जटिल किसिमका शल्यक्रियादेखि औषधी खरिदसम्ममा यो छुट प्राप्त हुने कायस्थको भनाई छ । 

पछिल्लो समय नेपाल सरकारल स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ । तर, सरकारले पैसा तिर्न नसकेपछि अधिकांश ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम वन्द हुने चरणमा पुगिसकेका छन् । स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार पाउन कठिन भइरहेको गुनासो पनि बिरामीहरुको आउने गरेको छ । भोमी अस्पतालले भने भोमी सहारा कार्डमार्फत सेवा सुविधा लिन कुनै समस्या भोग्नुनपर्ने र जुनसुकै बेला पनि विशेषज्ञ डाक्टरबाट परिक्षण र उपचारको सुविधा घरसम्मै पाइने बताएको छ । 

कोभिड संक्रमणको दोस्रो लहर बढ्न थालेसँगै सञ्चालनमा आएको भोमी अस्पतालले लामो समयसम्म कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचार गरेर प्रशंसा कमाइसकेको छ । जिल्लामा रहेका अन्य ठूला अस्पतालमा उपचार हुन नसकेका बिरामीहरुसमेत भोमी अस्पतालप्रति आकर्षित बन्दै गइरहेका छन् । ‘अन्यत्र चित्त नबुझेर आउनुभएका बिरामीहरु समेत हामीकहाँ आएपछि पूर्णरुमा निको भई खुशी भएर जानुभएको छ’ कायस्थ भन्छन्, ‘ख्यातिप्राप्त डाक्टर र स्वास्थ्यकर्मीबाट उपचार गराउँदा पनि हामीकहाँ उपचार शुल्क महंगो छैन ।’ उनले भोमी अस्पतालमा उपचार शुल्क महंगो भएको भन्ने हल्लको पछि नलाग्न पनि सर्वसाधारणलाई आग्रह गरे ।  


प्रतिक्रिया



थप समाचारहरु