रथ जुधाएसँगै सकियो पनौती जात्रा


मेचीकाली

पनौती (काभ्रे)– काभ्रेको ऐतिहासिक नगरी पनौतीमा मनाइँदै आयएको यस बर्षको पनौती जात्र अर्थात ज्याः पुन्ही आज सकिएको छ । यो जात्रालाई हिले जात्रा र घुम जात्राको रुपमा पनि लिइन्छ । आज पनौतीको लायकु दरबारमा उन्मत भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा समापन गरिएको हो । 

पार्वतीले ६४ योगिनीको रुप धारण गरी भगवान महादेवलाई लखेटेको र महादेवले आफुलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि महादेवले उन्मक्त भैरव र महादेवको रुप धारण गरि पार्वतीलाई यौन कार्य गरेको सम्झना स्वरुप पनौती जात्रामा तीन वटा रथ जुधाएर जात्रा मनाउने प्रचलन रहेको पाइन्छ । जात्राको पहिलो दिन जेष्ठ शुक्ल तृतीयाको सा“झ ‘दु“इचा–न्या–के–गु’ विधि गरेपछि जात्रा सुरु हुन्छ । पहिलो दिन देवघरबाट ब्रहमायणी र भ्रकालीको मूर्ति निकालेर त्रिवेणीघाटमा लगि एउटा राँगो, दुई बोकाको बली दिई जग्गे गरेर कालरात्रीको पुजा गर्ने गरिन्छ । सोहि दिन नै त्रिवेणीघाटमा रहेको बासुकी नाग बस्ने स्थानमा दुई वटा हरियो बाँस गाडेर बासुकी नागलाई गाईको दुध चढाउने प्रचलन रहेको छ ।

 जात्राको अन्तिम दिन ब्रह्मायणी र इन्द्रेश्वर महादेवलाई लायकु दरबार परिसरमा ल्याई भद्रकाली, उन्मत भैरव र महादेवको रथ एक आपसमा जुधाइएको छ । जात्राको अन्तिम दिन भद्रकाली र उन्मत भैरवको रथ तीन÷तीन पटक जुधाईन्छ भने भद्रकाली र महादेवको रथ चार पटक जुधाउने प्रचलन रहेको छ । पनौतीमा तीन वटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई श्रृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र उक्त यौनकार्य मर्यादित र नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको जानकारहरुको भनाई छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व