कुमार बेन र सुनिल लम्सालसहित प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन


मेचीकाली , 

काभ्रे- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्। प्रधानमन्त्री शाह बुधबार बिहान करिब १० बजे मन्दिर परिसरमा पुगेर भगवतीको दर्शन गरेका हुन्।


मन्दिरमा करिब १० मिनेट बिताएका प्रधानमन्त्री शाह काठमाडौं फर्किएको पाँचखाल-९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र प्रमुख सल्लाहकार कुमार बेन पनि आएका थिए । उनी सडक मार्ग हुँदै काभ्रे आएका हुन् ।


पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। भगवतीको दर्शन तथा पूजाआजाका लागि यहाँ विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गरेका छन्।


ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा विशेष पर्व, नवरात्र तथा अन्य धार्मिक अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ। पलाञ्चोक भगवतीलाई शक्तिस्वरूपा देवीका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा रहिआएको छ।


पलाञ्चोक भगवती मन्दिर काभ्रेपलाञ्चोक जिल्लाको धार्मिक पहिचान र ऐतिहासिक सम्पदाका रूपमा परिचित छ। 


प्रतिक्रिया



थप समाचारहरु