प्रेस चौतारी काभ्रेको अध्यक्षमा पुनः रायमाझी


मेचीकाली

धुलिखेल–प्रेस चौतारी नेपाल काभ्रे शाखाको अध्यक्षमा पुनः भुवन रायमाझी निर्वाचित भएका छन् । आज भएको चौतारीको सातौं अधिवेशनले रायमाझीको नेतृत्वका निर्विरोध जिल्ला कमिटी निर्वाचित गरेको हो ।  यसअघि प्रेस चौतारीको जिल्ला उपाध्यक्ष हुँदै अध्यक्ष भएका रायमाझी मेचीकाली डटकमका सम्पादक एवं प्राइम एफएम १०४.५ मेगाहर्जका कार्यक्रम संयोजक हुन् । 

प्रेस चौतारी नेपालको उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सहसचिवमा अरविन्द्र गौतम, समावेशी सहसचिवमा चित्र तामाङ र कोषाध्यक्षमा काजल तामाङ निर्विरोध निर्वाचित भएका छन् ।  यस्तै सदस्यहरुमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रन्जित बोहरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भन्डारी निर्वाचित भएका छन् । 

अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेका थिए । अधिवेशनको अवसरमा प्रेस चौतारी नेपालका सदस्य रहेर हाल नेकपा एमाले काभ्रेको जिल्ला कमिटीमा निर्वाचित हुनेहरु, नेकपा एमालेको पदाधिकारीमा निर्वाचित हुनेहरु लगायतलाई सम्मान गरिएको थियो । यस्तै प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट चेष्टा साप्ताहिक एवं प्राइम एफएमका सञ्चारकर्मी लक्ष्मण तिमल्सिनालाई ल्यापटपसहित सम्मान गरिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु