प्रेस यूनियनको केन्द्रिय अध्यक्षमा ओझाको उम्मदेवारी घोषणा


मेचीकाली

बनेपा– नेपाल प्रेस यूनियनका वर्तमान केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझाले यूनियनको आगामी नेतृत्वको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । ओझाले केहीदिन अघि बनेपामा एक कार्यक्रमका बीच आगामी साउन ६ र ७ गते हेटौँडामा हुने यूनियनको नवौँ राष्ट्रिय महाधिवेशनको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । विगत २५ वर्षदेखि निरन्तर पत्रकारितमा सक्रिय काभ्रेली पत्रकार ओझाले श्रमजिवी पत्रकार, यूनियनको शुद्धिकरणलगायतका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

‘अहिले पनि धेरैजसो सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक, नियुक्ती पत्र पाउन सकेका छैनन, गरेको कामको समेत वषौदेखि तलब पाउन सकेका छैनन, सञ्चार गृह र सञ्चारकर्मीबीच समस्या देखिएको छ, उक्त समस्या समाधानको लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी हो’ ओझाले थप्नुभयो । उहाँले यूनियनभित्र शुद्धिकरण आवश्यक रहेको बताउँदै जुन उद्देश्यले यूनियनको स्थापना भएको हो सो अनुसार सञ्चालन हुन नसकेकोले मातृ पार्टी नेपाली काँग्रेसलाई विभिन्न समयमा आउने राष्ट्रिय मुद्धा, विदेश नीति, अर्थतन्त्रमा देशलाई सङ्कट पर्दा यूनियनले थिङ्क ट्याङकको रुपमा पार्टीलाई सल्लाह, सुझाव दिने काम यूनियनले गर्ने बताउनुभयो । उहाँले यूनियनलाई पार्टीलाई संकट पर्दा सल्लाह, सुझाव दिने संस्थाको रुपमा कायम राख्ने बताउनुभयो । 

उपाध्यक्ष ओझाले आफु अध्यक्षमा विजयी भएको खण्डमा यूनियनमा आवद्ध सञ्चारकर्मीहरुलाई व्यवसायिक बनाउन विभिन्न क्षमता विकासका तालिम, रोजगारीको अवसर प्रदान गनुर््को साथै काँग्रेस पार्टीले अवलम्बन गरेका नीति तथा विचारलाई तल्लो तहसम्म पु¥याउने काममा आफुहरु लाग्ने बताउनुभयो । उहाँले यूयिनयनलाई समग्र पत्रकारहरुको नेतृत्व गर्ने संस्थाको रुपमा विकास गर्दै सामुहिकतामा रहेर यूनियनको उद्देश्लाई पुरा गर्ने बताउनुभयो । यूनियनको आगामी नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्नुभएका ओझा पत्रकार महासङ्घ काभ्रेको पूर्व अध्यक्ष, रेडियो नेपालको घटना र बिचार कार्यक्रमको संयोजक, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य तथा नेपाल प्रेस यूनियनका वर्तमान केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । 


प्रतिक्रिया



थप समाचारहरु