लैंगिक हिंसाविरुद्ध काभ्रेमा अहिलेसम्मकै भव्य कार्यक्रम


मेचीकाली

धुलिखेल–लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज काभ्रेमा भव्यताका साथ सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेशका पूर्व प्रदेशप्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा धुलिखेल रंगशालामा कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमअघि धुलिखेलमा सचेतना ¥यालीसमेत आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रे तथा गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेको अगुवाईमा जिल्लाका सबै सरकारी एवं गैरसरकारी निकायहरु आयोजक रहेको कार्यक्रममा जिल्लाका सबै क्षेत्रबाट सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयबाट विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । काभ्रेपलान्चोक जिल्लामा लैंगिक हिंसाविरुद्ध यति ठूलो कार्यक्रम आयोजना गरिएको पहिलोपटक हो । कार्यक्रममा जिल्लाका सबैजसो जनप्रतिनिधिहरु समेत सहभागी थिए । 

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री तथा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले पुँजीवाद हारेपछि मात्रै महिला सुरक्षित हुने बताए । नेता बाँस्कोटाले महिला हिंसा पुँजीवाद र समाजवादको लडाईसँग सम्बन्ध रहेको जिकिर पनि गरे । हिंसा राजनीति, संस्कृति तथा उत्पादनसम्वन्ध सँग पनि जोडिएको भन्दै उनले सोही कारण पुँजीवाद र समाजवादको लडाई जारी रहेका बताए । यो लडाईमा पुँजीवाद पराजित भएमात्रै महिलाहरु सुरक्षित हुने बाँस्कोटाले बताए ।  बाँस्कोटाले हिँसा महिला र पुरुष कसैमाथि पनि स्वीकार्न नसकिने बताए । उनले मानव अधिकारलाई पालना गर्न प्रतिबद्ध रहेको पनि बताएका थिए । 

कार्यक्रमका अन्य वक्ताहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि सबै पक्ष उत्तिकै क्रियाशिल हुनुपर्ने बताएका थिए । लैङ्गिक हिसां न्यूनिकरणका लागि सामुहिक प्रतिबद्धता सहिति जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग