सरकारी वकिल कार्यालयको भवन निर्माण सुरु


मेचीकाली

धुलिखेल– करिब ३४ वर्षअघि निर्माण गरिएको पुरानो भवन गत २०७२ सालको भुकम्पमा क्षति पुगेर जीर्ण बनेको जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकको भवन निर्माण सुरु भएको छ । केहिदिन अघि एक कार्यक्रममाबीच महान्यायाधिवक्ता खम्म बहादुर खातीले कार्यालयको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेतले २०४५ सालमा निर्माण गरिएको भवन भुकम्पबाट क्षति पुग्न गई पानी चुहिने, कार्यबोझका कारण सेवाग्राहीको चाप र कार्यालयको दरबन्दी अनुसारको भवन नभएकोले नयाँ नवन निर्माण सुरु गरिएको बताउनुभयो ।  सरकारी वकिल कार्यालय भवन निर्माणको मालिका÷बज्र जेभि सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता भएको छ ।

भवन भ्याट बाहेक तीन करोड दश लाख चार हजार ७५१ रुपियाँको लागतमा निर्माण हुनेछ । ठेकेदार कम्पनीले भवन निर्माण सुरु गरेको मितिले पन्ध्र महिना अर्थात् २०८० साल भदौ ३० गतेभित्र भवन निर्माण गरिसक्नुपर्नेछ । निर्माणधिन सरकारी वकिलको कार्यालयको भवन चार तलाको रहनेछ । 


प्रतिक्रिया



थप समाचारहरु