Breaking News : दोलालघाटबाट हराएकी सिर्जनाको शव सिन्धुलीमा फेला


मेचीकाली

धुलिखेल–काभ्रेको दोलालघाटबाट हराएकी नमोबुद्ध नगरपालिका ५ कि सिर्जना भण्डारी कोइराला मृत अवस्थामा फेला परेकी छन् ।

उनको शव आज सिन्धुली जिल्लाको झाँगाझोलीमा फेला परेको हो । स्थानीयबासीले एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई यसबारे जानकारी गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडाका अनुसार सिर्जनाका श्रीमानले उक्त शव आफ्नी पत्नीको भएको भनी सनाखत गरेका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि धुलिखेल ल्याइदैछ ।

पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका थिए।

माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट घरबाट हराएका थिए । गत शुक्रबार भुम्लु गाउँपालिका ८ स्थित इन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंगामाथि कालो जेन्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका जुत्ता, कालो लेडिज र जेन्स पर्स लगायतका सामग्री भेटियो ।

यी सामान भेटिएसँगै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती सामग्री माधव र सिर्जनाको रहेको पुष्टि भएको जनाएको थियो ।

यसैबीच रामेछापको रातमाटा भन्ने ठाउँंमा एक पुरुषको शव केहीबेर अघि फेला परेको छ । नदि किनारमै शव भेटिएपछि अहिले प्रहरी घटनास्थल जादैछ ।

प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व