करेन्ट लागेर एक महिलाको मृत्यु


मेचीकाली

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिहिबार भुम्लु गाउँपालिका–७ बस्ने ४५ वर्षीया देवी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको जनाएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन बिष्टले वडा नम्बर–८ मा बिद्युतको पोल अड्याउनका लागि राखिएको स्याण्ड नजिक हिँडिरहकी देवीलाई करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु