काभ्रे– सरकारले गरिब परिवारका लागि भन्दै प्रतिपरिवार दस हजार रुपैयाँका दरले रकम बाँड्ने भएको छ । यसका लागि सरकारले कुन जिल्लाको कुन पालिकामा कति परिवारले रकम पाउने भन्ने सूची सार्वजनिक गरेको छ ।
तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको विधेयकमार्फत कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई १० हजार प्रदान गर्ने घोषणा गरेको थियो । अर्थमन्त्रालयले तयार पारेको रकम वितरणसम्वन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत गराइ मंगलबार राजपत्रमा प्रकाशन गरिएको छ ।
दसैँअघि नै ५ लाख परिवारलाई १० हजारका दरले नगद वितरण गर्ने तयारी गरेको थियो । तर, विधेयक पारित हुनै समय लाग्यो भने कार्यविधिसमेत बन्न सकेन । तिहारको मुखमा राजपत्रमा प्रकाशित भएसँगै अब तिहार लगत्तै देशभरका अति विपन्न ५ लाख परिवारले १० हजारका दरले नगद राहत प्राप्त गर्ने छन् । विपक्षी दलले भने चुनावको समय नजिकिँदै गर्दा यसरी रकम बाँड्नु गलत रहेको बताउँदै आएको छ ।
| क्र स | पालिका | संख्या |
| १ | चाैरीदेउराली गापा | ४८२ |
| २ | भुम्लु गापा | ४०७ |
| ३ | मण्डनदेउपुर नपा | ५८७ |
| ४ | बनेपा नपा | ५०९ |
| ५ | धुलिखेल नपा | ३३५ |
| ६ | पाँचखाल नपा | ४७१ |
| ७ | तेमाल गापा | ४२२ |
| ८ | नमोबुद्ध नपा | ४८४ |
| ९ | पनौती नपा | ४१७ |
| १० | बेथानचोक गापा | २४० |
| ११ | रोशी गापा | ४५० |
| १२ | महाभारत गापा | २८८ |
| १३ | खानीखाेला गापा | २११ |