दोलालघाटमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने


Mechikali

काभ्रे– काभ्रेको दोलालघाटमा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबको आयोजना तथा भुम्लु गाउँपालिकाको प्रवद्र्धनमा प्रतियोगिताको आयोजना हुन लागेको हो । दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लबले बुधबार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २९ गते शनिबारदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको छ । क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले प्रतियोगितामा करिब २५ वटा फुटबल क्लबहरुको सहभागिता रहने बताउनुभयो । उहाँले फुटबल खेललाई निरन्तरता र फुटबल खेलमा आवद्ध खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले प्रतियोगितामा पहिलो हुने टिमले नगद एक लाख र दोस्रो हुने टिमले नगद ५० हजार रुपियाँसहित शिल्ड तथा मेडल प्राप्त गर्ने बताउनुभयो । प्रतियोगिताको लागि भुम्लु गाउँपालिकाले नगर चार लाख रुपियाँ सहयोग गर्नेछ । प्रतियोगिताको लागि करिब दश लाख रुपियाँ खर्च हुने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिताको मुख्य प्रायोजक तथा सहयोगी संस्थाहरु खोजी गर्ने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु