पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रभा माविलाई


Mechikali

चौँरीदेउराली– काभ्रेको चौंरीदेउरालीमा आयोजित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को उपाधि वडा नम्बर– ६ मा रहेको प्रभा माविले हात पारेको छ । प्रभा माविले आठ स्वर्ण पदक, तीन रजत पदक र चार कास्य पदक गरी कुल १५ पदक हात पार्न सफल भाएपछि राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टमा पार्न सफल भएको हो ।
प्रतियोगितामा वडा नम्बर– ३ मा रहेको बुद्ध हिमालय मावि दोस्रो भएको छ । उक्त विद्यालयले पाँच स्वर्ण पदक, पाँच रजत पदक र पाँच कास्य पदक प्राप्त गरेको थियो । प्रतियोगितामा सिर्जनाशिल जनता माविले तेस्रो स्थान हाँसिल गरेको छ । श्रृजनशिलले पाँच स्वर्ण, तीन रजत र एक कास्य पदक हात पारेको थियो । प्रतियोगितामा विजयी खेलाडीलाई बागमती प्रदेशका सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतमललगायतले शिल्ड, मेडल तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा १२ वटा खेल विधामा २४ वटा टिमले भाग लिएका थिए । प्रतियोगिताका सबै खेलमा गरी तीन सय १६ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत २३ वटा विद्यालयका ४६ जना विद्यार्थीले भाग लिएका थिए । सो क्रममा १५ वटा विद्यालयले नृत्य र १० वटा विद्यालयले गायनमा भाग लिएका थिए ।

प्रतिक्रिया



थप समाचारहरु