बनेपा–काभ्रेमा फूटबलको विकासका लागि समर्पित बनेपा फूटबल एकेडेमीलाई नेको इन्स्योरेन्सले खेलकुदका सामग्री सहयोग गरेको छ ।
इन्स्योरेन्सले एकेडेमीलार्ए जर्सी, बल लगायतका खेलकुद सामग्री सहयोग गरेको हो । आज बनेपामा आयोजित एक कार्यक्रममा नेको इन्स्योरेन्स धुलिखेल शाखाका प्रबन्धक रामेश्वर प्रजापतिले एकेडेमीका अध्यक्ष निरोज शाक्य, उपाध्यक्ष मनिष भोछिभोया र एन्फा बागमति प्रदेश अध्यक्ष निरोज श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरे । नेको इन्स्योरेन्सले आगामी दिनमा पनि एकेडेमीलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।
२०८० साल भदौ ५ गते बनेपा फुटबल क्लब र माउन्ट एभरेष्ट फूटबल क्लबको अगुवाईमा स्थापना भएको बनेपा फुटबल एकेडेमीले हालसम्म ५० भन्दा बढी खेलाडी उत्पादन गरिसकेको छ । हाल एकेडेमीमा ८० भन्दा बढीले प्रशिक्षण लिइरहेका छन् ।