धुलिखेल फूटबल मैदान बनाउन एन्फा र धुलिखेल नगरपालिकाबीच सम्झौता


मेचीकाली

धुलिखेल-काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको फूटबल मौदानको स्तरोन्नति हुने भएको छ ।

हालै बसेको अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले उक्त मैदान निर्माणका लागि १ लाख डलर विनियोजन गरेको थियो ।

आज एन्फा र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा कृत्रिम धाँसे मैदान निर्माणको लागि सम्झौता भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जुले हस्ताक्षर गरे । 

हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल-३ का वडाअध्यक्ष गणेश आचार्य लगायतले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

चौतारा र बनेपाका 'भेट्रान' भिड्दै