डर्ट टेम्पल मोटो क्रस च्याम्पियनसिपको पहिलो सिरिज : खुलातर्फ अनमोल र एलिटमा भीम पहिलो


मेचीकाली

धुलिखेल–डर्ट टेम्पलले धुलिखेलमा आयोजना गरेको डर्ट टेम्पल ९७७ मोटो क्रस च्याम्पियनसिपको पहिलो सिरिज 'Dirt Temple 977 Moto Cross Championship series 1' धुलिखेलमा आज शनिबार सम्पन्न भएको छ । 

धुलिखेलको बेइजिङ प्लान्टमा रहेको डर्ट टेम्पल बाइक रेसिङ ट्रयाकमा आयोजित च्याम्पियनसिपको खुलातर्फ १४ जना बाइक रेसर सहभागी थिए । जसमध्ये ८ जनाले रेस पुरा गरेका छन् । खुलातर्फ अनमोल सापकोटा पहिलो हुँदा प्रभात बोसेल दोस्रो र प्रज्वल अधिकारी तेस्रो भए । यस्तै सुजन थापामगर, विशाल तामाङ, अनुप राना, सुरज घिमिरे र मनोज पुडासैनी क्रमश चौंथोदेखि आठौं स्थानमा रहन सफल भए ।

आजै भएको एलिटतर्फको प्रतिस्पर्धामा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये भीम होना पहिलो, एलिस बस्नेत दोस्रो र रेजन खड्गी भए । यस्तै राम विक्रम थापा, संगम श्रेष्ठ, सुशील थापा, राजेश मगर र आशुतोष धोञ्जु क्रमश चौंथोदेखि आठौंस्थानमा रहन सफल भए ।

यो च्याम्पियनसिपअन्तर्गत चार महिनामा पाँचवटा सिरिज आयोजना गरिने डर्ट टेम्पलका प्रवन्ध निर्देशक इजव बरुणले जानकारी दिएका छन् । अहिलेको सिरि खुल्लामा जित्नेले अर्को पटक इलिटतर्फको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछ । यस्तै अन्तिममा इलिटतर्फ पहिलो हुनेले क्रस फायर मोटरसाइकलका साथै पार्टस्। एक्सेसरिज तथा नगद पुरस्कार पाउनुका साथै भारतमा हुने च्याम्पियनसिपमा सहभागिताको अवसर समेत पाउनेछ ।

सन् २०२१ मा धुलिखेलमा डर्ट टेम्पल बाइक रेसिङ ट्रयाक सञ्चालनमा आएको हो । पछिल्लो समय साहसिक बाइक रेसिङमा लाग्न चाहने युवाहरुका लागि डर्ट टेम्पल आकर्षणको केन्द्र बनेको छ । यो ट्रयाक नेपालकै पहिलो र एकमात्र मोटो क्रस रेसिङ् ट्रयाक हो ।


प्रतिक्रिया



थप समाचारहरु