डिटी–९७७ एमएक्स च्याम्पियनसिप सिरिज : तेस्रो रेस पुरा


मेचीकाली

धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक डर्ट टेम्पलले सुरु गरेको डिटी९७७ एमएक्स च्याम्पियनसिप सिरिजको तेस्रो चरणको रेस सकिएको छ ।

जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो । पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाइँमा पु¥याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रबर्दन गर्ने प्रयास गरेको आयोजकले जनाएको छ । 

चौथौँ रेस मार्चको २८ र ३० गते हुने छ भने फाइनल अर्थात पाँचौँ रेस एप्रिलको २५ र २७ गते धुलिखेलमा हुने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंक्तिमा रहेका छन् । 

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित एप्रिलमा यस च्याम्पियनसिप पुरा हुने छ । यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।  

‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो’, डर्ट टेम्पललका  इजब बरुण भन्छन्, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौँ ।’ 

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन् । साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ । साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेता आयोजना गरिने आयोजकले बताएका छन् । 

यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क, र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पु¥याउने प्रतिबद्ध छ । 

डर्ट टेम्पल बारे

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइँ दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित, डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्टस र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उद्देश्य रहेको छ।



प्रतिक्रिया



थप समाचारहरु

 

चार रनले पराजित भयो नेपाल