माउन्ट एभरेष्टले जित्यो काभ्रे जिल्लास्तरीय फूटबल लिग


मेचीकाली

धुलिखेल–काभ्रे जिल्ला फूटबल संघले आयोजना गरेको जिल्लास्तरीय ए डिभिजन फूटबल लिगको उपाधि माउन्ट एभरेष्ट फूटबल क्लब बनेपाले जितेको छ । 

शनिबार भएको लिग चरणको अन्तिम खेलमा बनेपा ब्वाइज क्लब बिबिसीलाई २–१ ले पराजित गर्दै माउन्ट एभरेष्ट च्याम्पियन बनेको हो । कुल ६ खेल खेलेको माउन्ट एभरेष्टले ५ वटामा जित हात पार्दै १५ अंक जोड्दै च्याम्पियन बन्न सफल भयो । दोस्रो स्थानमा रहेको बनेपा फूटबल क्लबले १३ अंक र बिबिसीले १० अंक जोडे ।

अन्तिम खेलमा माउन्ट एभरेष्टका कप्तान प्रभात क्षेत्रीले इन्जुरी समयको ८२ र ८५ औं मिनेटमा गोल गरेर त्यसअघि बिबिसीका राजन खरेलले खेल सुरु भएको ६ मिनेटमा गोल गरेका थिए । जिल्ला लिगको उपाधिसँगै माउन्ट एभरेष्टले ७० हजार रुपैयाँ प्राप्त गरेको छ भने दास्रो हुनेले ३० हजार प्राप्त गरेको छ । जिल्ला लिगमा माउन्ट एभरेष्ट फूटबल क्लब, बनेपा ब्वाइज क्लब, बनेपा फुटबल क्लब, रमाइलो छत्र छाया मूनि धुलिखेल, आकाश भैरव क्लब, मानेश्वरी व्वाइज क्लब र नाला फूटबल क्लब गरी ७ वटा क्लवको सहभागिता रहेको थियो । 

जिल्ला लिगको उपाधि जितेको माउन्ट एभरेष्टले अब प्रदेश लिग खेल्नेछ । २०६८ सालमा स्थापना भएको माउन्ट एभरेष्ट फुटबल क्लबले पहिलोपटक जिल्लास्तरीय लिगको उपाधि जितेको हो । अब प्रदेश लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्ने गरी तयारी अघि बढाइने क्लबका अध्यक्ष मनिष भोछिभोयाले जानकारी दिएका छन् ।  


प्रतिक्रिया



थप समाचारहरु