आइजिपी रनिङ ट्रफी फूटबल : सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्यो


मेचीकाली

साँगा (काभ्रे)- नेपाल पुलिस स्कुल सांगाको आयोजनामा गत मंसिर २१ गते देखि जारी २८ औ अन्तर विद्यालय आईजिपि फुटबल रनिङ्ग ट्रपिमा नेपाल पुलिस स्कुल टिम बि, नेपाल पुलिस स्कुल धरान, ल्यावरोटरी स्कुल र लिटिल एन्जल्स स्कुलले सेमिफाइनलमा स्थान बनाएको छ। शुक्रबार र शनिवार सम्पन्न क्वाटर फाईनल म्याच जित्दै सो टिमहरू सेमिफाइनल प्रवेश गर्न सफल भएका हुन। 

शुक्रबार सम्पन्न पहिलो क्वाटर फाइनलमा लिटिल एन्जल्स स्कुलले आयोजक नेपाल पुलिस स्कुल टिम ए लाई ३-१ ले पराजित गरेको थियो। अर्को खेलमा नेपाल पुलिस स्कुल धरानले बेलर स्कुल बनेपालाई ८-० को पराकिलो अन्तरले पराजित गरेको थियो। आज शनिवार सम्पन्न तेस्रो प्रतिस्पर्धात्मक म्याचमा नेपाल पुलिस स्कुल टिम बि ले काठमाण्डौ विश्वविद्याल हाई स्कुल चौकोटलाई १-० गोल अन्तरले पराजित गरेको छ। त्यसैगरि ल्याबरोटरी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। 

अब सोमबार हुने सेमिफाइनलमा नेपाल पुलिस स्कुल टिम बी ले लिटिल एन्जल्स स्कुलको र नेपाल पुलिस स्कुल धरानले ल्यावरोटरी स्कुलको सामना गर्नेछन्। प्रतियोगितामा आयोजक सहित अन्य १४ स्कुलको १६ टिमले प्रतिस्पर्धा  गरेका थिए।


प्रतिक्रिया



थप समाचारहरु