आइजिपी रनिङ ट्रफी : पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी


मेचीकाली

साँगा -नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिंग ट्रफिको सातौं दिनको खेलमा नेपाल पुलिस स्कुल धरान र सैनिक आवासिय महाविद्यालय विजयी भएका छन् भने ग्रेसल्याण्ड स्कुल साँगा र जेम्स स्कुल ललितपुरले बराबरि खेलेका छन्।    

आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरानले बुडानिलकण्ठ स्कुललाई ६-१ को विशाल अन्तरले हरायो। पुलिस स्कुलको लागि समिर राईले ४ गोल र युगिन लिम्बुले २ गोल गरे। ६ गोल  मध्ये २ गोल पेनाल्टि मार्फत भएको थियो। बुडानिलकण्ठको लागी अनोज खड्काले पेनाल्टि मार्फत सान्त्वना गोल गरे। बविजयी टिमका प्रबेश तामाङ म्यान अफ दि म्याच घोषित भए ।

आजै भएको दोस्रो प्रतिस्पर्धात्मक खेल ग्रेसल्याण्ड स्कुल सागाँ र जेम्स स्कुल ललितपुरले १-१ गोलको बराबरि खेलेका छन्। खेलको ६३ औं मिनेटमा निर्देश कर्माचार्यको गोलबाट अग्रता लिएको ग्रेसल्याण्डले अग्रता जोगाउन नसक्दा अंक बाड्न वाध्य भयो। जेम्सका लागी खेलको ६८ औं मिनेटमा प्रविसन ‍श्रेष्ठले बराबरि गोल फर्काए। खेलको म्यान अफ दि म्याच जेम्सका प्रविसन ‍श्रेष्ठ घोषित भए । 

आज भएको तेस्रो खेलमा सैनिक आवासिय महाविधालयले स्प्रिङ हिल स्कुललाई १३-० को विशाल अन्तरले हरायो। विजयि टिमका अनुभव पुरी म्यान अफ दि म्याच घोषित भए ।  

भोलि प्रतियोगिताको आठौं  दिन पनि लिगका तिन खेल हुनेछन्, जसमा काठमाडौं विश्वविधालय हाइ स्कुलले डिएभि स्कुलको, ल्याबरोटरी स्कुलले एसओएस पनौतिको र नेपाल पुलिस स्कुल सागाँ ‘बि’ ले काष्ठमाण्डप स्कुलको सामना गर्नेछन।

मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता पुसको पहिलो हप्तासम्म चल्नेछ। १६ बिधालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया



थप समाचारहरु