२९औं आइजिपी रनिङ ट्रफीः सैनिक आवासीय महाविद्यालय र ल्याबरोटरी स्कुल फाइनलमा


मेचीकाली

साँगा-विद्यालयस्तरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता आइजिपी फुटबल रनिंग ट्रफिको २९ औं संस्करणको उपाधिको लागी सैनिक आवसिय महाविद्यालय, भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर प्रतिस्पर्धा गर्ने भएका छन् । आज नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।

आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा सैनिक आवसिय महाविद्यालयले आयोजक नेपाल पुलिस स्कुल 'ए' लाई १-० झिनो अन्तरले हरायो । सैनिकका लागी खेलको ६८ औं मिनेटमा रोहित श्रेष्ठले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट गोल गर्ने प्रर्याप्त अवसर सिर्जना भएता पनि सार्थक हुन नस्कदा  खेल १-० अन्तरले सैनिकले आफ्नो पक्षमा पार्यो । सैनिकका टिम कप्तान किशन थापा म्यान अफ दि म्याच घोषित भए ।

आजै भएको दोस्रो सेमिफाइनल खेलमा ल्याबरोटरि स्कुलले अघिल्लो सालको विजेता नेपाल पुलिस स्कुल धरानलाई २-१ गोल अन्तरले स्तब्ध पार्यो । ल्याबरोटरिका लागी खेलको पहिलो हाफमा विज्ञान खड्काले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफमा धरानका तर्फबाट रोमन खड्काले गोल गर्दै खेललाई बराबरिमा ल्याए । तेस्को ३ मिनेट पछि ल्याबका लागी सन्दिप शर्माले गोल गर्दै  टिमको जितको आधार तयार पारे । त्यसपछि दुवै पक्षबाट थप गोल हुन सकेन र खेल ल्याबरोटरिले २-१ ले जित्दै फाइनलमा आफ्नो ठाँउ सुरक्षित गर्यो । विजयि टिमका सन्दिप शर्मा म्यान अफ दि म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल साँगाको आयोजनामा सञ्चानल भईरहेको प्रतियोगिताको समापन पुस ६ गते नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा हुनेछ । १६ विधालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु