आइजिपी रनिङ ट्रफी : स्प्रिङ हिल, वुढानिलकण्ठ र सैनिक महाविद्यालय विजयी


मेचीकाली

साँगा-नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विद्यालय आइजिपी फुटबल रनिङ् ट्रफिको तेस्रो दिनको खेलमा स्प्रिङ हिल स्कुल नाला, वुढानिलकण्ठ स्कुल  र सैनिक आवासिय महाविद्यालय सल्लाघारी  विजयी भएका छन् ।

आज भएको पहिलो रोमान्चक र प्रतिस्पर्धात्मक  खेलमा स्प्रिङ हिल स्कुल नालाले नेपाल पुलिस स्कुल सामाखुसिलाई २ – १ गोल अन्तरले पराजित गरेको छ । विजयी टिमका लागि खेलको ३० औँ मिनेटमा राज थापाले र ५७ औँ मिनेटमा पुकार थापाले गोल गरेका थिए । पुलिस स्कुल सामाखुसिको लागि खेलको ४२ औँ मिनेटमा सुयोगदेव रोकाले सानत्वना गोल गरे ।   विजयी टिमका राज थापा म्यान अफ दि म्याच घोषित भए ।

आज भएको दोस्रो खेलमा वुढानिलकण्ठ स्कुलले जेम्स स्कुललाई ४–० गोल अन्तरको सहज जित निकालेको छ । विजयि टिमका आयुष पौडेल म्यान अफ दि म्याच घोषित भए । आज भएको तेस्रो खेलमा सैनिक आवासिय महाविधालय सल्लाघारीले नेपाल एपिएफ स्कुल किर्तिपुरलाई रोमान्चक खेलमा ३–१ गोल अन्तरले पराजित गरेको छ। विजयि टिमका लागी  अनुभव पुरिले खेलको २४ औँ मिनेटमा पेनाल्टि मार्फत अग्रता दिलाए । खेलको दोस्रो हाफको ५५ औँ मिनेटमा एपिएफका लागि विकास बोहोराले गोल गरे र खेललाई बराबरिमा ल्याए। त्यसको २ मिनेट पछि नै रविन घलेले गोल गरे र सैनिकलाई अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा वैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका अफ्रज अलिले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । सैनिक आवासिय महाविधालयका किशन थापा म्यान अफ दि म्याच घोषित भए ।

भोलि लिगका दुई खेल हुनेछन्, जसमा रामभक्त स्कुल बनेपा र डिएभी स्कुल काठमाडौँ तथा नेपाल पुलिस स्कुल धरान र बेलर स्कुल बनेपाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया



थप समाचारहरु