आइजिपी रनिङ ट्रफी : रामभक्त र पुलिस स्कुल धरान विजयी


मेचीकाली

साँगा-नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन्।

आज भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभि स्कुल ललितपुरलाई ४-२ गोल अन्तरले पराजित गरेको छ। डिएभिले खेलको १४ औँ मिनेटमा अग्रता लिए पानि जोगाउन नसक्दा नतिजा अनुकुल बनाउन सकेन।  विजयी टिमका लागि खेलको ३६औँ, ४३ औँ, ५० औँ र ५४ औँ मिनेटमा क्रमसः शेरिज मान्नधर, ह्रदयेन्द्र दर्लामी, लुनिभ मान्नधर र सन्दिप कार्कीले गोल गरे। डिएभिका लागी सुदकर घिमिरे र शाहेब गयजले १-१ गोल गरे। विजयि टिमका लुनिभ मान्नधर म्यान अफ दि म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा नेपाल पुलिस  स्कुल धरानले बेलर स्कुल बनेपा बिरुद्ध ५-० सहज जित निकालेको छ। विजयि टिमको समिर राई एक्लैले ४ गोल गरे र मयान्क क्षेत्रिले अर्को १ गोल थपे। विजयि टिमका समिर राई म्यान अफ दि म्याच घोषित भए । यो खेल सगैँ समुह ‘ए’ मा रहेको नेपाल पुलिस स्कुल धरानल दुई खेलमा दुई स्पष्ट जितका साथ ६ अंक बनाई तालिकाको शिर्ष स्थानमा छ। एक खेल खेलेको बुढानिलकण्ठले एक जितसगैँ ३ अंक जोडेको छ। दुई खेलमा १ बराबरि र एक हार सहित बेलर र एक खेलमा एक बराबरि सहित ग्रेसल्याड स्कुल सागाँ समान १ अंक जोडी तेस्रो र दुई खेलमा दुवै हार व्यहोरेको जेम्स स्कुल ललितपुर तालिकाको पुछारमा रहेको छ।

भोलि लिगका तिन खेल हुनेछन्, जसमा एनपिएस सामाखुसिले एपिएफको, एसओएस पनौतिले काष्ठमण्डप स्कुलको र आयोजक नेपाल पुलिस स्कुल सागाँ ‘बी’ ले ल्याबरोटरि स्कुल क्रिर्तिपुरको सामना गर्नेछन।

मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता पुसको पहिलो हप्तासम्म चल्नेछ। १६ बिधालयका १७ टिम सम्मिलित प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमस ५० हजार, ४० हजार र ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसका साथै व्यतिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया



थप समाचारहरु