कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै


मेचीकाली

काठमाडौँ । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ ।

फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् ।

प्रतियोगितामा द्वितिय र त्रितिय हुनेले क्रमसः२० हजार नगद तथा मेडल र १० हजार नगद तथा मेडल पाउने आयोजकले जनाएको छ । साथै अन्य सहभागिहरुले सहभागिताको प्रशंसा पत्र पाउने छन् ।


कोरियन ड्रिमलाई विश्वव्यापीकरण गर्नको लागि सुरु गरिएको प्रतियोगिताले उत्तर र दक्षिण कोरियाको रि–यूनिफिकेशनको सन्देश नेपालबाट पनि प्रवाह गर्ने उद्देश्य रहेको त्रिमुर्ती एकेडेकीका प्रिन्सिपल डा। किशोर राजभण्डारीले बताउनुभयो । उहाँले विश्व शान्तिका लागि यी दुई एकै नाम भएको देश पुनःएकीकरण हुनुले ठूलो भुमिका निर्वाह गर्ने बताउनुभयो ।

खेलका माध्यमबाट विश्वमा भइरहको द्वन्द तथा टुक्रिएका देशलाई एकीकृत हुन सन्देश प्रवाह गरिने राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु