वागमति प्रदेश लिगको तयारीमा माउन्ट एभरेष्ट


मेचीकाली

बनेपा–काभ्रे जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८०/८१ को बिजेता माउन्ट एभरेष्ट फुटबल क्लब बनेपाले काभ्रे जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय फुटबल लिग खेल्ने भएको  छ । प्रदेश लिग बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्प रंगशालमा पुस १० गते देखि हुनेछ ।

यो दोस्रो संस्करणको प्रदेश लिग हो । माउन्ट एभरेष्ट फूटबल क्लबले अहिले लिगको अन्तिम तयारी गरिरहेको छ । क्लबका खेलाडीहरुले १  महिना देखि बनेपाको  नेपाल बनेपा पोलिटेक्निकल ईन्स्टिच्युट को खेल मैदान (चाईना टाउन )मा प्रशिक्षण गर्दै आएको क्लबका अध्यक्ष मनिस भोछीभोयाले जानकारी दिए ।

प्रदेश लिगमा ११ वटा जिल्ला लिगका विजेत क्लवले लिग कम नकाउटको आधारमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उदघाट्न खेल काभ्रे जिल्ला लिग बिजेता माउन्ट एभरेस्ट एफ.सि बनेपा र काठमाडौ जिल्ला लिग बिजेता चित्लाङ एफसी काठमाडौंबीच हुने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा क्लबलाई सहयोग गर्ने सबैलाई क्लबका अध्यक्ष भोछिभोयाले आभार प्रकट गरेका छन् । प्रतियोगितामा माउन्ट एभरेष्ट क्लबले विजयी भए ५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने पतिवद्धता जिल्ला फूटबल संघ काभ्रेका अध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठले बताए ।


प्रतिक्रिया



थप समाचारहरु

 

चौतारा र बनेपाका 'भेट्रान' भिड्दै