पहिलो ‘एनआरएन कराँते च्याम्पियनसिप’ हुने


मेचीकाली

काठमाडौं–एनआरएनए स्पोर्टस् एकेडेमीले पहिलोपटक राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ । फर्स्र्ट एनआरएन नेशनल कराते च्यम्पियनसिप–२०२२ नाम दिइएको प्रतियोगिता यही भदौ २४ र २५ गते सञ्चालन हुनेछ । 

नेपालको खेल विकासमा हरेक क्षेत्रबाट सहयोग पु¥याउने र बिभिन्न बिदेशी मुलुकमा रहेका नेपाली युवा खेलाडीहरुलाई खेलकुदको माध्यमबाट आफनो क्षमता प्रदर्शनमा अवसर प्रदान गर्ने उद्देश्यले एकेडेमी स्थापना भएको हो । कराँते खेलको विकास, विस्तार गर्दै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता बृद्धि गरी खेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न र उदयमान कराते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीहरुलाई प्रतियोगिताको माध्यमबाट आफनो क्षमता प्रर्दशनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सातदोबाटो स्थित कराँते हलमा संचालन हुने प्रतियोगितामा पुरुष तर्पm ५० केजी, ५५ केजी , ६० केजी, ६७ केजी, ८४ केजी र ८४ केजी भन्दा माथी तौल समुह, महिला तर्पm ४५ केजी, ५० केजी , ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथी तौल समुहतौल समुह लगायत महिला तथा पुरुष एकल कांता,टिम कांता र टिम कुमुतेमा प्रतिष्पर्धा हुनेछ ।  नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंकको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा बिभिन्न सात वटा प्रदेश, विभागिय टिमहरु ी त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल ए पि.एफ र एनआरएनसहित ११ टिमका करिब  ३१० खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगितामा प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीलाई रु.१५,०००, द्धितियलाई रु.१०,००० र तृतिय हुने २ जना खेलाडीलाई जनही रु.५÷५ हजारका दरले नगद पुरस्कारका साथै साथै पदक, ट्रफि र प्रमाणपत्र प्रदान गर्नुका साथै महिला तथा पुरुष तर्पm सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ ।

प्रतियोगिता सुचारु रुपले संचालन गर्न गठन गरिएको बिभिन्न कमिटीहरुमा मुल आयोजक कमिटीमा हिमाल गुरुङ, रोशन थापा र राज रेग्मी, सचिवालयमा धर्मराज गिरी, व्यवस्थापनमा जीवन सेन, प्राबिधिक र प्रचार प्रसारमा स्वयम्भुराज डंगोल, प्रतियोगिता संयोजकमा रबी शाही, समारोह तथा खेल व्यवस्थापनमा राजन खत्री, सुरक्षामा प्रबिणकाजी श्रेष्ठ,खाना तथा बसोवासमा सुर्य गिरी, स्वास्थ्यमा राजेश श्रेष्ठ र आर्थिक संयोजकमा राजु सिंह रहेका छन् ।  प्रतियोगिताको अनुुमानित बजेट रकम ४१ लाख रुपैयाँ रहेको छ । 


प्रतिक्रिया



थप समाचारहरु