बेथानचोकमा बालमैत्री फूटबल प्रतियोगिता


मेचीकाली

बेथानचोक-बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी सस्था लि र बेथानचोक जेशिस को संयुक्त आयोजनामा ११३ औं नारी दिवसक‍ो अवसरमा बेथानचोक नारी चेतना साकोसको बाल बचत सदस्यहरूको बाल मैत्री फुटबल प्रतियोगिता अन्तर्गत १६ बर्ष मुनिका बालबालिका हरु बिच सम्पन्न भयो ।

उक्त प्रतियोगितामा बेथानचोक गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण बाहादुर लामा को प्रमुख आतिथ्य मा कार्यक्रमको उद्घाटन रेफ्ररिलाई बल दिएर उद्घाटन  गरि खेल सन्चालन गरियो ।र कार्यक्रमक‍ो सभाअध्यक्ष बेथानचोक जेशिसका अध्यक्ष शान्ति खत्रिले गर्नु भएको थियो ।

उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता मा  प्रथम गणेशस्थान A दोश्रो पार्टिखर्क र तेश्रो देबिस्थान भएको थियो । बिजेताहरूलाई मिति २०७९  साल फाल्गुन २३ बेथानचोक नारी चेतना साकोस र बेथानचोक जेशिसको समयुक्त आयोजनामा ११३ अौ  नारी दिवस को कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र बितरण गर्ने र उक्त दिन  गाउपालिका को अध्यक्षको प्रमुख आतित्थ्यता सम्पन्न  हुने कार्यक्रम रहेको सहकारी का ब्यबस्थापक बिरेन्द्र श्रेष्ठले जानाकारी गर्नु भयो।

प्रतिक्रिया



थप समाचारहरु