रजत महोत्सवको अवसरमा कराते प्रतियोगिता, पाँचखाल डोजो प्रथम


मेचीकाली

पाँचखाल-नेपाल सोतोकान कराते संघको २५  औं बार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप प्रतियोगिता—२०८० आयोजना भएको छ ।


पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा शनिवार आयोजना भएको प्रतियोगिताको पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले उद्घाटन गरे । देश भरका बिभिन्न डोजो बाट छनौट भई आएको खेलाडी मध्ये पाचखाल डोजोे पहिलो , संस्कार गुरुकुल स्कुल डोजो भक्तपुर दोश्रो, रामेछाप डोजो तेश्रो तथा अनुशासित डोजोमा लम्जुङ्ग डोजोले सिल्ड प्राप्त गरेको थियो । उत्कृष्ट पुरुष खेलाडी तर्फ बिमल कार्की।र महिला तर्फ सम्झना माझी भएका थिए ।


बिभिन्न तौल समुहमा भएको खेलमा २० के।जी तौल समुहमा पुरुष तर्फ पहिलो निर्जल तमाङ्ग, दोश्रो आरभ हिताङ्ग साथै तेश्रोमा सुयोग के।सि र अनमोल श्रेष्ठ, महिला तर्फ पहिलो रितिशा पौडेल, दोश्रो सबिना तमाङ्ग साथै तेश्रोमा सिमित तमाङ्ग र अस्मिता तमाङ्ग, २५ के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सुक्षम श्रेष्ठ, दोश्रो आयुष चौधरी साथै तेश्रोमा संगम रानामगर र रोशन रम्तेल, महिला तर्फ पहिलो प्रार्थना बज्रचार्य, दोश्रो सोमिया तमाङ्ग साथै तेश्रोमा जेनिया तमाङ्ग र परीप्सा बस्नेत, ३० के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सुजन तमाङ्ग, दोश्रो सुबास लामा साथै तेश्रोमा सुसान्त श्रेष्ठ र एलेक्स तमाङ्ग, महिला तर्फ पहिलो रिस्मा लामा, दोश्रो सुदिक्षा हमाल साथै तेश्रोमा राशिका ढुङ्गाना र जेनिशा मगर, ३५ के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो सायाङ्ग लामा, दोश्रो प्रदिप श्रेष्ठ साथै तेश्रोमा अनिश श्रेष्ठ र क्रिसिस श्रेष्ठ, महिला तर्फ पहिलो पलिस्ठा बर्जाचाय, दोश्रो दिपसना साथै तेश्रोमा उत्सबी श्रेष्ठ र सदिक्षा थापा, ४० के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो आवाज लामा, दोश्रो बिशाल मगर साथै तेश्रोमा किरण माझी र रेनिज राजबाहक, महिला तर्फ पहिलो झरना के।सी, दोश्रो नेहा तमाङ्ग साथै तेश्रोमा सपना तमाङ्ग र मनिषा तमाङ्ग, ४५ के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो आयुष तमाङ्ग, दोश्रो युगेश चौलागाई साथै तेश्रोमा सुजित लामा र रबिन चन्द, महिला तर्फ पहिलो बर्षा के।सी, दोश्रो प्रबिना सुबेदी साथै तेश्रोमा संगीता तमाङ्ग र युनिका बादे, ५० के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो करुण थापा, दोश्रो बिश्वास तमाङ्ग साथै तेश्रोमा श्रृजन मगर र सम्यम कार्की, महिला तर्फ पहिलो चाहना रानामगर, दोश्रो मनिषा लामा साथै तेश्रोमा प्रमिला तमाङ्ग र प्रकृति, ५५ के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो ब्यजामिन तमाङ्ग, दोश्रो बिशाल तमाङ्ग साथै तेश्रोमा सबिन मगर र युबराज नेपाली, महिला तर्फ पहिलो सन्जना माझी, दोश्रो भुमिका श्रेष्ठ साथै तेश्रोमा प्रिजीना र पुजा तमाङ्ग, ६० के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो बिमल कार्की, दोश्रो सन्तोष दास साथै तेश्रोमा प्रबेश तमाङ्ग र कृष महत, महिला तर्फ पहिलो सृष्टि बि।के, दोश्रो परिसा तन्डुकार साथै तेश्रोमा प्रिस्टी श्रेष्ट र तक्षिमा दाहाल, ६५ के।जी र्तौल समुहमा पुरुष तर्फ पहिलो होम बहादुर श्रेष्ठ, दोश्रो मनिष तमाङ्ग साथै तेश्रोमा ललित बोहरा र अनमोल बराल, खुल्ला र्तौल समुहमा पुरुष तर्फ पहिलो निशान तमाङ्ग, दोश्रो प्रबिन तमाङ्ग साथै तेश्रोमा रोशन डङ्गोल र आशिष नेपाल, महिला तर्फ पहिलो श्रेया जोशी, दोश्रो गरिमा पाण्डे साथै तेश्रोमा दिक्षा र प्रकृति कारजितले प्राप्त गरेका थिए ।


खेलको मुख्य आकर्षण नेपाल सोतोकान करातेका केन्द्रिय सदस्य, करातेका राष्ट्रिय रेफ्री साथै नेपाली फिल्म जगतको सफल नायक प्रमोद दिपले प्रदर्शन गरेका थिए । उनले छाती माथी थपनी ढुङ्गाहरु राखेर फुटाउने त्यस्तै शरीरमा १ सय भन्दा बढी सियो घोपेका थिए । दिपको साहसिक कार्यबाट हलमा उपस्थित सबैजनाले बधाई तथा शुभकामना दिएका थिए ।


संघको सस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको साभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, नगर प्रबक्ता एवं ८ नं वडाका वडा अध्यक्ष तथा खेल संयोजक सन्जय तमाङ्ग, नेपाल कराते महासंघका सचिब ध्वजमान मोक्तान, नेपाल कराते महासघंको सदस्य हिक्मत थपलिया र सघंको कोषाध्यक्ष राम कुमार कायस्थले खेलको महत्व तथा भबिष्यमा खेल जगतमा गर्नु पर्ने बिकासको बारेमा चर्चा गरेका थिए ।


प्रतिक्रिया



थप समाचारहरु