यसपालिकाे भिसाे रनिङ्शिल्ड गाेल्डेन फ्यूचरलाई


मेचीकाली

 -हाेमप्रसाद चाैंलागाईं

पाँचखाल-पाँचखाल भ्याली संस्थागत विधालय अर्गनाइजेशन (भिसाे) काे खेल सप्ताहब्यापी भिसाे रनिङ्शिल्ड-२०८१ भब्य रूपमा सम्पन्न भएकाे छ । मण्डनदेउपुरकाे लिटिलस्टार, मण्डनभ्याली र नव प्रतिभा ईङ्गलिस स्कुल, पाँचखालकाे ईन्द्रेणी, गाेल्डेन फ्युचर, सरस्वती, पाँचखाल भ्याली, नव जनहित, नव प्रतिभा, दिपशिखा, ध्रुवतारा, नमस्ते र भुम्लुकाे बालज्याेती लगायतका १६ भन्दा वढी प्राथमिक, आधारभूत र माध्यमिक विधालयहरूकाे सहभागिता रहेकाे थियाे । ११ गते उद्घाटन भएकाे विभिन्न खेलहरूकाे उद्घाटन १३ गते सम्पन्न भएकाे हाे । कार्यक्रममा मार्चपाश सहित भलिबल, शटपुट, हाइजम्प, लङ्जम्प सहित भिन्न दूरीका दाैड प्रतियाेगिताहरू भएका थिए । खेलकाे उद्घाटन पाँचखालका नगर प्रमुख महेश खरेलले गरेकाथिए भने समापन प्याब्शन केन्द्रका उप-महासचिव भिमसेन केसीले गरेका थिए । 

कार्यक्रममा प्याब्शनका केन्द्रदेखि जिल्ला सहित बिभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि सहितका अतिथिहरू, संस्थामा आवद्ध १६ विधालयका संस्थापक, प्राचार्य, खेल शिक्षकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ! 

कार्यक्रममार्फत विभिन्न विधालयका विभिन्न विधाका बिजयी विधार्थी भाइवहिनीहरूलाई सम्मानित गरिएकाे थियाे भने कार्यक्रमकाे रनिङ्शिल्ड गाेल्डेनफ्यूचर मा.वि. पाँचखालले हात पार्न सफल भएकाे हाे !

प्रतिक्रिया



थप समाचारहरु

 

चौतारा र बनेपाका 'भेट्रान' भिड्दै