रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु


मेचीकाली

रोशी - काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । विहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा ४ दिनसम्म चल्ने रनिङ शिल्डको उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्षले प्रतियोगिताको उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताएका छन् । खेलमा उत्कृष्ठता देखाउदै गएमा देशलाई अन्तराष्ट्रमै पहिचान दिन सफल हुने लामाको भनाई छ । खेलको माध्यामबाट जिल्ला, प्रदेश, राष्ट्र र अन्तराष्ट्रमै रोशीको नाम चिनाउन सफल हुनको लागि अध्यक्ष लामाले शुभकामना दिए ।

राष्ट्रपति रनिङ शिल्डले रोशीको विद्यालयहरूमा उत्कृष्ठ खेलाडीहरू जन्माउन सफल भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताएका छन् । खेलमा सिकेको व्यवहारहरूलाई जीवनमा उतारेर सफल व्यक्तित्व निर्माण गर्न उपाध्यक्ष वाईबाले खेलाडीहरूलाई अनुरोध गरे ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राख्दै राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाको बिरासत बोकेको कार्यक्रमको रुपमा राखेको बताए । रनिङ शिल्डमा जिल्ला, प्रदेश र राष्ट्रमै रोशी गाउँपालिकाको नाम स्वणर् अक्षरले लेख्ने गरी खेल प्रस्तुत गर्न तामाङले आग्रह गरे । रोशी गाउँपालिका भित्रको ७२ वटा विद्यालय, ६ हजार भन्दा बढी विद्यार्थी र ४ सय ५० भन्दा बढी शिक्षकहरूलाई समेट्ने यो खेलको महत्व उनले रहेको बताए । राजाको नाममा रहेको शिल्डलाई राष्ट्रपतिको नाममा ल्याएर खेलमा पनि संघीयता कायम गरेको उनको भनाई छ ।

जिल्ला खेलकुद बिकास समिति काभ्रेका अध्यक्ष मानबीर लामाले खेलाडी कहिल्यैपनि नहार्ने र साँधै जित्ने बताए । खेलाडी खेलमा हारेपनि स्वास्थयमा जहिल्यै पनि जित्ने भएकाले खेल मानव जीवनमा महत्वपूणर् रहेको बताए ।

यो प्रतियोगिताले व्यक्तिलाई अनुशासनमा डोर्याउने काम गर्ने भएकाले मानव जीवनमा खेलको महत्व रहेको रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अशोक गौतमले बताए ।

रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माद्यामिक विद्यालयमा शुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकामा चौथोपटक हुदै छ । गाउँपालिकामा तीन बर्षदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेको छ । प्रतियोगितामा भलिवलमा छात्र ८ समुह र छात्रा ६ समुह, कवड्डीमा छात्रको ९ समुह र छात्राको ९ समुह, हाईजममा छात्रको ११ समुह र छात्राको ११ समुह, लङजममा छात्रको १३ समुह, छात्राको ११ समुह, सर्ट फूटमा छात्रको १३ समुह र छात्राको ११ समुह, त्रिपल जम्पमा छात्रको ८ समुह, छात्राको ८ समुह, ज्यावलङ थ्रोमा छात्रको ९ र छात्राको ८ समुह, दौडमा छात्रको १४ समुह र छात्राको १४ समुह र रिले दौडमा छात्रको १२ समुह र छात्राको ११ समुहले भाग लिएको छ । फूटबल र करातेको सिधै जिल्लामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल योग खेलकुद संघका केन्द्रिय सदस्य भेषराज शाह, जुडो संघका अध्यक्ष भिमसेन केसी, विभिन्न विद्यालयका शिक्षक अविभावक, विद्यार्थी लगायत खेलप्रेमी महानुभावहरूको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु