बनेपाका सन्देशले जिते बंगलादेशमा स्वर्ण


मेचीकाली

बनेपा-बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको अन्तराष्टिय बि.जि. कराँते प्रतियोगिता २०२१ फुलकन्टयाक्ट कराँते पुरुष खुल्ला तौल समुहमा काभ्रे बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् ।

नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते संघका खेलाडी मानन्धर उक्त प्रतियोगितामा प्रथम हुन सफल भएका हुन् । 

उनले यस अगाडि २०७३ मा प्रथम प्राइम मिनिस्टर र थर्ड नेशनल मोइथान च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । यस्तै पाँचौ किक बक्सिङ प्रतियोगितामा पनि स्वर्ण जितेका थिए भने आठौं राष्ट्रिय खेलकुदमा उनले प्रदेश नंवर ३ बाट सहभागी हुँदै स्वर्ण पदक जितेका थिए । 

यसैगरी उनले थर्ड केवाक अन्तर्राष्ट्रिय मोइथान च्याम्पियनसिपमा इन्डियालाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए । 

त्यसै गरी बनेपाकै अर्का खेलाडी राजेन्द्र थापाले रजत पदक जितेका हुन।






प्रतिक्रिया



थप समाचारहरु