काभ्रे अदालतबाट भागेका थुनुवा भक्तपुरबाट पक्राउ


Mechikali

काभ्रे– भदौ ९ गते दिउँसो जिल्ला अदालत काभ्रे परिसरबाट फरार रहेका थुनुवा भक्तपुर ठिमीबाट पक्राउ परेका छन् । चोरी÷डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार कार्यालय काभ्रेमा रहेका काभ्रेको खानीखोला गाउाँपालिका–६ का सुनिल लामा वाइवा वकपत्रका लागि अदालत उपस्थित गराउने क्रममा अदालत परिसरबाट भागेका थिए । काभ्रे अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रे र भक्तपुरको सिमाना साँगासम्म डिँडेर गई त्यहाँबाट भक्तपुरसम्म गाडीमा गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।
उहाँले काभ्रेबाट भागेका वाइवा केहीदिन लुकिछिपी बसी त्यसपछि मदिराको खरिद गर्ने भनी ठगी गर्ने कार्यमा संलग्न भएको अवस्थामा ठिमी प्रहरीले पक्राउ गरेको बताउनुभयो । उहाँले वाइवाको विगतको अपराधिक पृष्ठभूमि हेर्दा बौद्ध तथा बानेश्वरम मदिरा चोरी तथा ठगी मुद्दाम संलग्न भएको पाइएको बताउनुभयो । वाइवालाई पक्राउ गर्नको लागि विभिन्न सिमा नाका तथा उनका आफन्त बसोबास गर्ने दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा रहेका आफन्तको घरमा समेत निगरानी राखिएको बताउनुभयो । काभ्रेबाट भागेका सुनिलले मनिष श्रेष्ठ नाम गरेका साथीलाई फोन गरेका थिए । प्रहरीले मनिषको फोन ट्रयाकिङ गरी सुनिललाई पक्राउ गर्न सफल भएको हो ।
काभ्रेबाट फरार भई भक्तपुरमा पक्राउ परेका वाइवालाई ठिमी प्रहरीले ठगी तथा अपराधिक विश्वासघातमा मुद्दा चलाएको छ । भक्तपुरमा पक्राउ परेका उनलाई बुधबार काभ्रे कारागारमा सनाखतका लागि ल्याइएको थियो । भक्तपुरको मुद्दाको किनारा लागेपछि ठिमी प्रहरीले काभ्रे प्रहरीलाई बुझाई थप कारवाहि अघि बढाउनेछ ।

प्रतिक्रिया



थप समाचारहरु