तेह्र वर्षीया बालिकालाई जर्वजस्ती करणी गर्ने चालक र सहचालक पक्राउ


Mechikali

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले १३ वर्षीयाा बालिकालाई जर्वजस्ती करणी गर्ने ट्रक चालक र सहचालकलाई पक्राउ गरेको छ । प्रहरीले बालिकामाथि जर्वजस्ती करणी गर्ने झापा हल्दीबारी गाउँपालिका–५ बस्ने ३२ वर्षीय ट्रक चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका– १ बस्ने १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार उनीहरुले यहि भदौ २६ गते राती करिब १२ बजेको समयमा भक्तपुरको श्रृजनानगरमा पूर्वतर्फ जान गाडी कुरेर बसेकी १३ वर्षीया बालिकालाई गन्तव्यसम्म पु¥याइदिने भनी ट्रकमा राखेर ल्याई बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अघि ल्याई ट्रकभित्र पालैपालो जर्वजस्ती करणी गरेको बताउनुभयो । उहाँले बालिकालाई जर्वजस्ती करणीपछि बालिकालाई गन्तव्यमा नपु¥याई त्यही छोडी ट्रक लिएर भागेको बताउनुभयो । करणी पश्चात विक्षिप्त अवस्थामा भक्तपुरतर्फ एक्लै हिडिरहेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा नम्बर नखुलेको ट्रकका चालक र सहचालकले जर्वजस्ती करणी गरेको बताएपछि प्रहरीले उक्त ट्रकको खोजी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा जर्वजस्ती करणी गरी फरार रहेको ट्रकका चालक तथा सहचालक खोजी गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक भएको पत्ता लगाएको थियो । प्रहरीले उक्त ट्रकले साँगाबाट बनेपा आईपुग्न धेरै समय लगाएको देखिएपछि अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । उहाँले उक्त ट्रक सोमबार मोरङबाट विपी राजमार्गहुँदै काठमाडौँतर्फ आउँदै गरेको सूचनाको आधारमा मङ्गलबार बिहान ट्रक चालक विश्वकर्मा र सहचालक धिमाललाई नियन्त्रणमा लिएको बताउनुभयो । प्रहरीले जर्वजस्ती करणी आरोपमा पक्राउ परेका दुवैलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया



थप समाचारहरु