महिलाको चरित्र हत्या हुने भिडियो प्रसारण गर्ने ४ युट्युबर पक्राउ


मेचीकाली


काठमाडौं — महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चारजना युट्युबरलाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा दैनिक खबरका प्रदीप भण्डारी, हरेक पलको खबरका शिशिर अधिकारी, सराई चुली मिडियाका पिंकला कार्की र मोडर्न अनलाइन टिभिका रोधन तामाङ रहेका छन् ।  उनीहरूले युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितका विवरण प्रसारण गरेको साइबर ब्यूरोले जनाएको छ ।

उनीहरूले महिलाको चरित्रमा हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्यार्ई घृणा, द्धेष फैलाउने सामाग्री प्रसारण गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको ब्यूरोको ठहर छ ।  जिल्ला अदालतबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया



थप समाचारहरु